अन्तर्राष्ट्रिय

वेस्ट इण्डिज बिरुद्धको टेस्टमा हार नजिक अफगानिस्तान  

Published

on

वेस्ट इण्डिजसँगको एक मात्र टेस्टमा अफगानिस्तान हार नजिक पुगेको छ । पहिलो पारीमा ९० रनले पछि परेको अफगानिस्तान दोश्रो दिनको खेलको समाप्तीमा आफ्नो दोश्रो पारीमा सात विकेट गुमाएर १०९ रन बनाएको छ र मात्र १९ रनको अग्रता अग्रता लिएको छ ।    
पहिलो विकेटको लागि ५३ रको साझेदारी गरेको अफगानिस्तानको पारी धोस्त पार्ने क्रममा रकिम कर्नवाल र रोस्टन चेजले समान तीन-तीन विकेट लिए । कर्नवालले रहमत शाह र अस्गर अफगानलाई शुन्य रनमा आउट पार्दै अफगानिस्तानलाई दबाबमा राख्न सफल भए । दिनको अन्त्य तिर बलिंग गर्न आएका चेजले तीन ओभर बलिंग गर्दै मात्र १० रन खर्चिएर तीन विकेट लिएका हुन् भने कर्नवालले १४ ओभरमा ४१ रन खर्चिए ।
अफगानिस्तानको लागि ओपनर इब्राहिम ज़द्रानले २३ रन बनाएर आउट भए भने अर्का ओपनर जावेद अहमदी ६२ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

यस अघि वेस्ट इण्डिजले शाम्रह ब्रोक्सको शतकको बाबजुत ८३ दशमलब तीन ओभरमा २७७ रनमा समेटियो । वेस्ट इण्डिजको तर्फबाट सर्वाधिक रन बनाएका ब्रोक्सले सर्वाधिक एक सय ११ रन बनाए । अमिर हम्ज़ाको बलमा बोल्ड भनेका उनले २१४ बलको सामना गर्दै १५ चौका र एक छक्का प्रहार गरे । ब्रोक्स बाहेक जोन क्याम्पबेलले पनि ५५ तथा विकेट किपर ब्याट्सम्यान शेन डोरिचले ४२ रनको योगदान दिए ।

वेस्ट इण्डिजलाई विशाल अग्रता लिनलाई रोक्ने क्रममा अफगानिस्तानका अमिर हम्ज़ाले सर्वाधिक पाँच विकेट लिए भने रशिद खानले तीन तथा जाहिर खानले पनि दुई विकेट हात पारे । हम्ज़ाले २८ दशमलब तीन ओभरमा ७४ रन खर्चिए ।
लखनउमा जारी टेस्टमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तान ६८ दशमलब तीन ओभर खेल्दै मात्र १८७ रनमा समेटिएको थियो ।
अफगानिस्तानको पारी धोस्त पार्ने क्रममा रकिम कर्नवालले सर्वाधिक सात विकेट हात पारे । २५ दशमलब तीन ओभर बलिंग गरेका कर्नवालले पाँच मेडन ओभर राख्दै ७५ रन खर्चिए । उनी बाहेक जेसन होल्डरले पनि दुई विकेट हात पारेका थिए ।   
अफगानिस्तानको तर्फबाट ओपनर जावेद अहमादीले सर्वाधिक ३९ रन बनाए भने नवौं नम्बरमा ब्याटिंग गर्न आएका अमिर हम्ज़ाले ३४ ताता विकेट किपर ब्याट्सम्यान अफ्सर जजाईले पनि ३२ रनको पारी खेले ।

Click to comment

Trending