१३औं दक्षिण एसियाली खेलकुद

सागको फुटबलमा भारत नखेल्ने, नेपालको पहिलो खेल भुटान बिरुद्ध 

Published

on

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल खेलको खेल तालिका सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज खेल तालिका सार्वजनिक गरेको हो ।
केहि दिन अघि एन्फाले खेल तालिका सार्वजनिक गरेको थियो तर भारतले सहभागिता नजनाउने भए पछि आज नयाँ तालिका सार्वजनिक गरेको हो ।
अब प्रतियोगितामा भारत र पाकिस्तान बाहेक नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाउने छन् । आज सार्वजनिक तालिका अनुसार राउण्ड रोबिन आधारमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा तथा समुह चरणको पहिलो र दोश्रो हुने टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ३ तारिखमा भुटान बिरुद्ध दिउँस १:०० बजे खेल्ने छ । त्यस्तै आफ्नो दोश्रो तथा तेश्रो खेल क्रमश डिसेम्बर ४ र ६ मा श्रीलंका र माल्दिभ्ससँग साँझ ५:०० बजे खेल्ने छ । त्यस्तै नेपालले समुह चरणको आफ्नो चौथों तथा अन्तिम लिग खेलमा साँझ ५:०० बजे बंगलादेशको सामना गर्नेछ ।
नेपाल साग फुटबलको साबिक बिजेता हो । भारतमा सम्पन्न १२औं सागमा नेपालले भारतलाई २-१ पराजित गर्दै स्वर्ण चुमेको थियो ।

Click to comment

Trending