१३औं दक्षिण एसियाली खेलकुद

हामीले बंगलादेशसँग राम्रो खेल्न सकेनौं : इम बहादुर राना 

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर रानाले नेपाली टोलीले बंगलादेशसँगको खेलमा राम्रो खेल्न नसकेको बताएका छन् ।
हिजो राती सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । नेपालले पहिलो र तेश्रो सेट जीतेको थियो भने बाँकीसेट हार्न पुगेको थियो । बंगलादेशसँग पराजित भए पछि नेपालको सेमीफाइनल यात्रा पनि कठिन बनेको छ । नेपालले सेमीमा प्रवेस पाउनका लागि भोली हुने खेलमा भारतलाई पराजित गर्नै पर्ने हुन्छ ।
पहिलो सेट २५–२१ ले जितेको नेपालले दोश्रो सेट २३–२५ ले सुम्पेको थियो । तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेपनि चौथो सेटमा भने २४–२६ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा नेपाल १२–१५ ले पराजित हुन पुग्यो । एक समय ७–१४ ले पछि परेको अन्तिम सेटमा नेपालले जुझारु प्रदर्शन गर्दै १२–१४ सम्म पुराएपनि अन्तिममा भने असफल हुन पुग्यो ।

Click to comment

Trending