Headline

किन आफ्नै समर्थकहरुले आक्रमण गरे ज्लाटनको मुर्तिमा ?

Published

on

स्विडेनका बिश्वबिख्यात स्ट्राइकर ज्लाटन इब्राहिमोबिचको सम्मानमा ठड्याइएको मुर्तिमा उनका आफ्नै समर्थकहरुले आक्रमण गरेका छन् ।

बुधबार साझ उनले खेल्ने गरेको क्लब माल्मोको रँगशाला अगाडी राखिएको प्रतिमामा आक्रमण गर्दै समर्थकहरुले ट्वाइलेटको सिट झुण्डाइदिएका छन् । एक समर्थकले त उनको टाउकोको भाग पनि छोपिदिएका थिए ।

ज्लाटन स्विडेनमा निकै प्रख्यात छन् । सन् २००१ मा ब्यावसायिक फुटबलरको रुपमा स्विडेन छोड्नुअघि उनले माल्मोको युथ एकेडेमीबाटै आफ्नो करिअरलाई अघि बढाएका थिए । त्यसपछि उनी डच क्लब आयाक्स, इटालीको युभेन्टस र इन्टर मिलान, फ्रान्सको पिएसजि, स्पेनको बार्सिलोना, इङ्गलिस क्लब म्यानचेस्ट युनाइटेड र हालै अमेरिकाको मेजर लिग सकरको एल ए ग्यालेक्सीबाट खेलेका थिए ।

३८ बर्षको उमेरमा पनि उत्तिकै एथ्लेटिक रहेका ज्लाटनलाई स्विडेनमा पुज्ने नै गरिन्छ, खासगरि उनको पहिलो क्लब माल्मोमा । उनकै सम्मानमा स्विडिस फुटबल संघले एक महिना अगाडी मात्रै उनको साँडे ९ फिटको तामाको मुर्तिको अनावरण गरेको थियो ।

तर मङ्गलबार मात्रै उनले माल्मोको चिर प्रतिद्वन्दी क्लब ह्यामरबीको २५ प्रतिशत सेयर किनेको घोषणा गरेपछि उनका समर्थकहरु क्रुद्ध बनेका हुन् । ह्यामरबीको सेयर खरिद गरेपछि ज्लाटनले माल्मोमा पाउदै गरेको सम्मानमा पनि झड्का लागेको छ ।

उनको मुर्तिमा थप क्षति नपुगोस भन्दै स्विडिस प्रहरी अहिले त्यसको निगरानीमा खटेको छ । आफ्नो करिअरको अन्त्य ज्लाटनले इटालीबाट नै अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

Click to comment

Trending