१३औं दक्षिण एसियाली खेलकुद

नेपालले भारतलाई पराजित गर्छ : नेपाली प्रशिक्षक लेज्ली डे जोँगा 

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक लेज्ली डे जोँगाले १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालले भारतलाई पराजित गर्ने बताएका छन् ।
बंगलादेशसँगको खेलमा पराजित भए पछि नेपालको सेमीफाइनलमा पुग्ने सम्भावना झिनो बनेको छ । नेपालले अब भोली हुने खेलमा भारतलाई पराजित गरेको खण्डमा मात्र सेमिमा प्रवेस पाउने छ ।
खेल पछि कुरा गर्दै डे जोँगाले भारत नेपाल भन्दा निकै नै बलियो टोली भएको तर १० पटक खेल्दा नेपालले एक पटक भारतलाई पराजित गर्न सक्ने क्षमता भएको र त्यो खेल भोली हुने पनि बताए ।
निकै नै रोमान्चक तथा प्रतिस्पर्धतमक खेलमा बंगलादेशले नेपाललाई ५-३ को सेटमा पराजित गरेको थियो ।  पहिलो सेट २५–२१ ले जितेको नेपालले दोश्रो सेट २३–२५ ले सुम्पेको थियो । तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेपनि चौथो सेटमा भने २४–२६ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा नेपाल १२–१५ ले पराजित हुन पुग्यो । एक समय ७–१४ ले पछि परेको अन्तिम सेटमा नेपालले जुझारु प्रदर्शन गर्दै १२–१४ सम्म पुराएपनि अन्तिममा भने असफल हुन पुग्यो ।

Click to comment

Trending