१३औं दक्षिण एसियाली खेलकुद

साग भलिबलः नेपाली पुरुष टोली बङ्गलादेशसँग पराजित

Published

on

नेपाली पुरुष भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत निराशाजनक शुरुवात गरेको छ ।

दशरथ रँगशालास्थिति कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशबिरुद्धको रोमाञ्चक खेलमा ३–२ सेटले पराजित भएको छ । पहिलो सेट २५–२१ ले जितेको नेपालले दोश्रो सेट २३–२५ ले सुम्पेको थियो । तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेपनि चौथो सेटमा भने २४–२६ ले पराजित हुन पुग्यो ।

अन्तिम सेटमा नेपाल १२–१५ ले पराजित हुन पुग्यो । एक समय ७–१४ ले पछि परेको अन्तिम सेटमा नेपालले जुझारु प्रदर्शन गर्दै १२–१४ सम्म पुराएपनि अन्तिममा भने असफल हुन पुग्यो ।

यसअघि दिउसो भएको खेलमा नेपाली महिला बङ्गलादेशमाथि सहज जित हात पारेको थियो । पहिलो दुई सेट २५–९, २५–९ ले जित्दै २–० को अग्रता लिएपछि बङ्गलादेश नेपाल सामु निरिह साबित भएको थियो । तेश्रो सेटमा पनि नेपाल २५–११ ले बिजयी भएको थियो ।

नेपाली महिला टोलीले बङ्गलादेशमै भएको एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली माथि नै सहज जित हात पारेको थियो । नेपालले बङ्गलादेशमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको थियो ।

Click to comment

Trending