Trending

पोर्चुगल फुटबलर जाओ फेलिक्स युरोपका उत्कृष्ट अण्डर २१ खेलाडी

Published

on

एट्लेटिको म्याड्रिडका फर्वार्ड जाओ फेलिक्सले युरोपका उत्कृष्ट अण्डर २१ खेलाडीको रुपमा गोल्डेन बोय अवार्ड जितेका छन् ।

२० बर्षीय पोर्चुगिज खेलाडी फेलिक्सले गत सिजन बेन्फिकाका लागि १८ गोल गरेका थिए । क्रिश्चियानो रोनाल्डोसँग तुलना गरिएका फेलिक्सलाई स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले यसै सिजन १ सय १३ मिलियन पाउण्डमा खरिद गरेको थियो ।

उनले एट्लेटिकोका लागि यो सिजन १० खेल खेल्दै दुई गोल गरिसकेका छन् । सन् २००३ मा इटालियन पत्रिका टुट्टोस्पोर्टले शुरु गरेको अवार्डमा फेलिक्सले इङ्गल्याण्ड तथा बोरुसिया डर्टमण्डका जेडोन साञ्चोलाई पछि पारेका थिए । बायर्न लेभरकुसन र जर्मनी मिडफिल्डर तेश्रो स्थानमा रहेका थिए ।

एट्लेटिकोका लागि यो पुरस्कार जित्ने म दोश्रो खेलाडी हुन पाउदा म निकै खुशी छु, फेलिक्सले भने । यसअघि इङ्गल्याण्डका लागि वेन रुनी (२००४) र रहिम स्टर्लिङ्गले (२०१४) ले यो पुरस्कार जितेका थिए ।

Click to comment

Trending