१३औं दक्षिण एसियाली खेलकुद

हाम्रो लक्ष्य स्वर्ण हो – प्रशिक्षक जगदिश भट्ट

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले घरेलु मैदानमा शुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको मुख्य लक्ष्य स्वर्ण पदक भएको जनाएका छन् ।
खेल पछि पत्रकारहरुसँग कुरा गर्दै भट्टले घरेलु मैदान र घरेलु दर्शकहरु माझ स्वर्ण पदक जीत्ने लक्ष्य रहेको जनाएका हुन् । भट्टको नै प्रशिक्षणमा नेपाली महिला टोलीले हालै बंगलादेश सम्पन्न एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि चुमेको थियो ।
दशरथ रँगशालास्थित कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो दुई सेट २५–९, २५–९ ले जित्दै २–० को अग्रता लिएपछि बङ्गलादेश नेपाल सामु निरिह साबित भएको थियो । तेश्रो सेटमा पनि नेपाल २५–११ ले बिजयी भएको थियो ।
जगदिश भट्टको पुरा भिडियो 

Click to comment

Trending