१३औं दक्षिण एसियाली खेलकुद

जीतबाट साग शुरुवात गर्न पाउँदा खुशी छौं – अरुणा शाही 

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले घरेलु मैदानमा शुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा जीतबाट शुरुवात गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।
खेल पछि पत्रकारहरुसँग कुरा गर्दै अरुणाले घरेलु मैदान र घरेलु दर्शकहरु माझ खेल्न पाउँदा पनि निकै खुशी भएको जनाइन् । नेपाली टोलीले हालै बंगलादेश सम्पन्न एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि चुमेको थियो भने त्यहाँ दर्शक बिहिन खेलेको तर आफ्नै मैदानमा खेल्दा समर्थकहरुको समर्थनले थप हौसला पुग्ने पनि बताइन ।
दशरथ रँगशालास्थित कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो दुई सेट २५–९, २५–९ ले जित्दै २–० को अग्रता लिएपछि बङ्गलादेश नेपाल सामु निरिह साबित भएको थियो । तेश्रो सेटमा पनि नेपाल २५–११ ले बिजयी भएको थियो ।
अरुणाको पुरा भिडियो 

Click to comment

Trending