Trending

१ सय ४० केजीका कर्नवाल अफगानिस्तानमाथि भारी

Published

on

वेष्ट इण्डिजबिरुद्धको एक मात्र टेस्टको पहिलो दिन १ सय ८७ रनमै सिमित भएको अफगानिस्तान दुई विकेट लिदै पहिलो दिन खेलमा फर्कन सफल भएको छ ।

लखनउमा जारी टेस्टमा एक सय ४० किलोग्रामले बिश्वकै सबैभन्दा मोटा टेस्ट खेलाडी बनेका रह्किम कर्नवालले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि अफगानिस्तानले २ सय रन पनि छुन सकेन । उसका लागि ओपनर जोभद अहमादीले सर्वाधिक ३९ रन बनाए भने ९ नम्बरमा ब्याटिङ्ग गर्न आएका आमिर हाम्जाले ३४ रन बनाएका थिए ।

बाया हाते अफ स्पिनर कर्नवालले २५ दशमलव तीन ओभर बलिङ्ग गर्दै ७५ रन खर्चि ७ विकेट लिएपछि अफगानिस्तान धराशायी हुन पुगेको थियो । अहमादीले दोश्रो विकेटका लागि इशानुल्लाहसँग ५६ रनको साझेदारी गरेपछि अफगानिस्तान केही सम्हालिएपनि अफगानिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन ।

अहमादीले ८१ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै अफ्सर जाजाइले ७० बलमा ३२ रन बनाएका थिए । वेष्ट इण्डिजका लागि जेसन होल्डरले पनि दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा उत्रेको वेष्ट इण्जिले ६८ रनमा दुई विकेट गुमाएको छ । हाम्जा र रसिद खानले एक–एक विकेट लिदा वेष्ट इण्डिजले ३४ रनमात्र बनाएको थियो । जोन क्याम्बेल (३०) र शमार ब्रक्स (१९) रनले नटआउट रहदै ३४ रनको साझेदारी गरेका छन् ।

Click to comment

Trending