१३औं दक्षिण एसियाली खेलकुद

नेपाली महिला भलिबल टोलीको बङ्गलादेशबिरुद्ध सहज जित

Published

on

नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको आफ्नो पहिलो खेलमा बङ्गलादेशमाथि सहज जित हात पारेको छ ।
दशरथ रँगशालास्थित कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो दुई सेट २५–९, २५–९ ले जित्दै २–० को अग्रता लिएपछि बङ्गलादेश नेपाल सामु निरिह साबित भएको थियो । तेश्रो सेटमा पनि नेपाल २५–११ ले बिजयी भएको थियो ।


यसअघि नेपालले बङ्गलादेशमै भएको एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली माथि नै सहज जित हात पारेको थियो ।
दक्षिण एसियाली खेलकुद आइतबार औपचारिक रुपमा शुरु हुने भएपनि भलिबलका खेलहरु पहिले नै शुरु भएका हुन् । आजै साँझ नेपाली पुरुष टोलीले बङ्गलादेशबिरुद्ध नै खेल्दैछ ।
दक्षिण एसियाली खेलकुदमा कुल २८ खेल हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाएको छ ।

Click to comment

Trending