अन्तर्राष्ट्रिय

वेस्ट इण्डिजसँगको टेस्टमा अफगानिस्तान निरिह 

Published

on

वेस्ट इण्डिजसँगको एक मात्र टेस्टको पहिलो पारीमा अफगानिस्तान मात्र १८७ रनमा समेटिएको छ । लखनउमा जारी टेस्टमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तान ६८ दशमलब तीन ओभर खेल्दै मात्र १८७ रनमा समेटियो । 
अफगानिस्तानको पारी धोस्त पार्ने क्रममा रकिम कर्नवालले सर्वाधिक सात विकेट हात पारे । २५ दशमलब तीन ओभर बलिंग गरेका कर्नवालले पाँच मेडन ओभर राख्दै ७५ रन खर्चिए । उनी बाहेक जेसन होल्डरले पनि दुई विकेट हात पारे ।
अफगानिस्तानको तर्फबाट ओपनर जावेद अहमादीले सर्वाधिक ३९ रन बनाए भने नवौं नम्बरमा ब्याटिंग गर्न आएका अमिर हम्ज़ाले ३४ ताता विकेट किपर ब्याट्सम्यान अफ्सर जजाईले पनि ३२ रनको पारी खेले ।

Click to comment

Trending