१३औं दक्षिण एसियाली खेलकुद

घरेलु मैदान नै बिरानो – फुटबल प्रशिक्षक बालगोपाल महर्जन

Published

on

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दशरथ रंगशाला नै बिरानो भएको र यहाँ आउँदा बिदेशी रंगशालामा आएको जस्तै अनुभब भएको धारणा व्यक्त गरेका छन् । 

दशरथ रंगशालामा अभ्यासका क्रममा खेलाडीलाई निर्देशन दिंदै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन ।          तस्बिर सौजन्य – विवेक सुबेदी / एन्फा

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलको लागि नेपाली टोलीले दशरथ रंगशालामा फ्लड लाइटमा प्रशिक्षण गरेसँगै महर्जनले विस्पोर्ट्ज़सँग कुरा गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । नेपाली टोलीले यस अघि दुई दिन रंगशालामा प्रशिक्षण गरेको थियो । पहिलो दिन दिउँसको समयमा तथा दोश्रो दिन फ्लड लाइटमा प्रशिक्षण गरेको हो ।
सन् २०१५ को महाभुकम्पले बिगारेको रंगशाला त्यस पछि समयमा निर्माण हुन नसके पछि प्रयोगमा आउन सकेको थिएन । नेपालमा नै आयोजना हुने १३औं सागका लागि भनेर रंगशाला तयार पारिएको हो ।
बालगोपाल महर्जनको पुरा भिडियो 

Click to comment

Trending