Trending

केनको किर्तिमानी गोलसँगै टोटेन्ह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा

Published

on

दुई गोलले पछि परेको स्थितिबाट टोटेन्ह्याम हट्स्परले ४–२ को सनसनीपूर्ण जित रचेपछि होजे माउरिन्होले आफ्नो नयाँ घर ह्वाइट हार्ट लेनमा नाटकीय आगमन गरेका छन् ।

च्याम्पियन्स लिगमा गए राति भएको खेलमा टोटेन्ह्याम ग्रिक क्लब ओलम्पियाकोसलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । समुह बी मा पाँच खेल समाप्त हुदासम्म टोटेन्ह्याम १० अंकसाथ दोश्रो स्थानमा रहेको छ ।

यसअघि नै प्रि क्वार्टरफाइनलमा प्रवेश गरिसकेको शिर्ष स्थानको बायर्न म्युनिखको १५ अंक रहेको छ । बायर्नले सर्बियाको रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो अन्तरको जित हात पारेको थियो ।

पहिलो हाफमा निकै कमजोर रहेको टोटेन्हयमले शुरुवाती १३ मिनेटमा नै दुइ गोल खाएको थियो । ओलम्पियाकोसका लागि युसेफ अल–अरबी र रुबेन सेमेडोले गोल गरेका थिए ।

डेली अलिले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेपछि टोटेन्ह्यामले दुरि छोट्याएको थियो । दोश्रो हाफको पाँच मिनेट नबित्दै ह्यारि केनले बराबरी गोल गरेपछि टोटेन्ह्याम खेलमा फर्कियो । सर्ज अरियर र केनले थप एक–एक गोल गरेपछि टोटेन्ह्यामले नाटकीय जित रचेको थियो ।

इङ्गल्याण्ड कप्तान केनले दोश्रो गोल गरेपछि उनी च्याम्पियन्स लिगमा कम खेलमा २० गोल गर्ने किर्तिमान कायम गरेका छन् । २४ खेलमा २० गोल गरेका केनले युभेन्टसका आलेसान्द्रो डेल पियरोको किर्तिमान तोडेका हुन् ।

यस्तै समुह ए अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले पिएसजीसँग २–२ र समुह सि मा म्यानचेस्टर सिटीले शख्तर दोनेस्कसँग १–१ को बराबरी गरेको छ । समुह डी मा क्रिश्चियानो रोनाल्डोको युभेन्टसले र एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित ग¥यो ।

Click to comment

Trending