१३औं दक्षिण एसियाली खेलकुद

सागका लागि भलिबलको खेल तालिका सार्वजनिक, महिला र पुरुष दुबैले पहिलो खेलमा बंगलादेशसँग खेल्ने 

Published

on

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

 

डिसेम्बर एक तारिखबाट साग शुरु हुने भएता पनि महिला र पुरुष भलिबल भने भोली बुधबारबाट शुरु हुँदैछ । नेपालले पुरुष तर्फको आफ्नो पहिलो खेल भोली साँझ सात बजे बंगलादेश बिरुद्ध खेल्ने छ भने महिला तर्फ पनि बंगलादेशसँग नै दिउँस तीन बजे प्रतिस्पर्धा गर्नेछ ।

 

महिला र पुरुष दुबै टोलीमा नेपालसँगै भारत र बंगलादेश समुह ए मा रहेका छन् भने समुह बी मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । पहिलो र दोश्रो हुने टोलीले सेमिफाइनलमा प्रवेस गर्नेछ ।

 

नेपाली पुरुष टोलीले आफ्नो दोश्रो खेल भारतसँग नोभेम्बर २९ तारिख शुक्रबार साँझ पाँच बजे खेल्ने छ भने महिला टोलीले बिहिबार साँझ पाँच बजे नै भारतको सामना गर्नेछ ।

 

पुरुष भलिबलको खेल तालिका 

 

महिला भलिबलको खेल तालिका 

 

Click to comment

Trending