Headline

इब्राहिमोबिचलाई भित्र्याउनुको कुनै अर्थ छैनः होजे माउरिन्हो

Published

on

टोटेन्ह्याम हटस्पर्सका नवनियुक्त व्यवस्थापक होजे माउन्हिोले स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोबिचलाई अनुबन्धन गर्नुको कुनै अर्थ नरहने बताएका छन् ।

पूर्व इन्टर मिलान र म्यानचेस्टर युनाइटेड खेलाडी इब्राहिमोबिच मेजर लिग सकर क्लब एल ए ग्यालेक्सीमा दुई सिजन बिताएपछि अहिले क्लबबिहिन रहेका छन् । माउरिन्होले इब्राहिमोबिचसँग राम्रो सम्बन्ध रहेपनि उनलाई अनुबन्धन गर्ने कुनै योजना नरहेको बताएका छन् ।

“उनि उत्कृष्ट खेलाडीसँगै राम्रो ब्यक्ति पनि हुन् तर अहिले (उनलाई ह्वाइट हार्ट लेन भित्राउने) कुनै पनि मौका नै छैन,” माउरिन्होले भने । माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि टोटेन्ह्यामले गत हप्ता नै माउरिन्होलाई व्यवस्थापक नियुक्त गरेको थियो ।

“हामीसँग अहिले इङ्गल्याण्डकै उत्कृष्ट स्ट्राइकर रहेका छन् । ह्यारी केनको उपस्थितिमा इब्राहिमोबिचलाई अनुबन्धन गर्नुले कुनै अर्थ नै राख्दैन,” माउरिन्होले थपे । इङ्गल्याण्ड कप्तान केनको गोलमा नै टोटेन्ह्यामले वेस्टह्यामलाई ३–२ ले पराजित गरेको थियो ।

उनले अहिलेसम्म टोटेन्ह्यामका लागि २ सय ६९ खेल खेल्दै १ सय ७५ गोल गरिसकेका छन् । यस क्रममा उनले टोटेन्ह्यामले मार्टिन चिभर्सलाई पछि पारिसकेका छन् ।

Click to comment

Trending