Trending

रियललाई तेस्रो रोजाइमा राखिएको झन्डा देखाएपछि बेल बिवादमा

Published

on

मँगलवार कार्डिफमा युरो २०२० छनोट भएपछि ग्यारेथ बेल हसिलो मुद्रामा देखिन्थे । नाच्दै र हाँस्दै साथीहरु सँग खुशी साटिरहेका उनी अचानक बिवादमा तनिए जब उनले “वेल्स, गल्फ, म्यड्रिड इन द्याट अर्डर“ लेखिएको झन्डा निकालेर उफ्रिन थाले ।

उक्त झण्डाको अर्थ थियो पहिले आफ्नो देश वेल्स, त्यसपछि गल्फ अनि उनले पाँच वर्ष बिताएको स्पेनिस क्लब रियल म्याड्रिड । उनले यो कुरालाई ठट्टाको रुपमा लिएपनी म्यड्रिड फ्यानहरुले भने पचाउन सकेनन् ।

पछिल्लो केही समयदेखि जिदानसँग चिसिएको सम्बन्ध पछि बेलले कमै खेल खेलेका छन् । गत साता भएको खेलमा दर्शक भएर रङ्गशाला पुगेका बेल ८४औ मिनेट मा मैदान छोडेर घर तिर लागेका थिए ।

घरेलु मैदानमा गरिएको रमाइलो उनको लागि भने म्यड्रिडमा निल्ने कि ओकल्ने स्थिति सृजना हुने निश्चित छ । बेलको यो गतिबिधिले उनले आफ्नो चाइनिज लिग तिरको ढोका खोलेको संकेत दिदै २०२० को पहिलो विन्डोमै चिन प्रस्थान गर्ने लगभग पक्का गरेका छन् ।

उनको यो अव्यवहारिक कृयाकलापले रियल फ्यान हरु दुखी त छदैछन साथै आक्रोशित पनि । रियलबाट १६१ खेल खेलेका उनले ८० गोल समेत गरेका छ्न । रियलसँग ला लिगा, च्यम्पियन्स लिग र सुपर कप जितिसकेका बेल अब केही महिना मात्र म्याड्रिडमा बस्ने निश्चितप्राय छ ।

Click to comment

Trending