१३औं दक्षिण एसियाली खेलकुद

औपचारिक रुपमा शुरु हुनुअघि सागमा भोलि भलिबलका खेल हुँदै

Published

on

दक्षिण एसियाली खेलकुद औपचारिक रुपमा आइतबारदेखि शुरु भएपनि बुधबारदेखि अनौपचारिक रुपमा प्रतियोगिता शुरु हुन गइरहेको छ ।
बुधबार भलिबल अन्तर्गतका खेलहरु हुनेछन् । नेपाली महिला टोलीले अपरान्ह तीन बजे बङ्गलादेशबिरुद्ध प्रतिस्पर्धा गर्नेछ भने पुरुष टोलीले साझ ७ बजे बङ्गलादेशको सामना गर्नेछ । दुवै खेल दशरथ रँगशालाको कभर्ड हलमा हुनेछ । कभर्ड हल पनि दक्षिण एसियाली खेलकुदका लागि पुनर्निमाण गरिएको हो ।

महिला भलिबल अन्तर्गत नै बुधबार पाकिस्तान र बङ्गलादेशबिरुद्ध खेल हुने भनिएपनि पाकिस्तानले सहभागिता नजनाउने जनाएपछि खेल तालिका परिवर्तन गर्नुपर्ने भएको छ । महिला र पुरुष भलिबलमा भुटानले पनि सहभागिता जनाएको छैन ।

दक्षिण एसियाली खेलकुदमा कुल २८ खेलहरु खेलाइनेछ । त्यसमा बास्केटबलका थ्रि बाइ थ्रि र बिच भलिबलको फरक बिधामा राखिएको छ ।

Click to comment

Trending