१३औं दक्षिण एसियाली खेलकुद

बिमल, अन्जन र दिनेशलाई साग टिमबाट बिदाइ

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका बिमल घर्ती मगर, अन्जन बिष्ट र दिनेश राजबशींलाई अर्को सातादेखी सुरु हुने १३औ दक्षिण एसियाली खेलकुद सागको फुटबल टिमबाट पनि बिदाइ गरिएको छ ।

नेपालले खेलेको कुवेतबिरुद्धको खेल अघि बन्द प्रशिक्षणको दौरान नाइट क्लब गएका करण एन्फाले यी तीन खेलाडी सहितसन्तोष तमाङलाई पनि राष्ट्रिय टिमबाट बर्खास्त गरेको थियो । सागको लागि मुख्य खेलाडी मनिएका यी तीन खेलाडीहरुलाई निलम्बित गरे पछी प्रशिक्षक बाल गोपाल महर्जनले तीन नयाँ अनुहार राष्ट्रिय टिममा भित्राएका छन ।

उनीहरुको स्थानमा नेपाल एपीएफ क्लबका राजिव लोप्चन, फ्रेण्ड्सका प्रेजेन तामाङ र एनआरटीका राजेश परियारलाई टोलीमा मौका दिइएको छ ।

यसै गरी सागमा प्रतिनिधित्व गर्ने भनिएको भारतीय राष्ट्रिय फुटबल टोली नेपालमा हुने पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले जनाए अनुसार भारतले यो बर्ष पुरुष फुटबल नखेल्ने भएको हो । एन्फाले प्रतियोगिताको “ड्र“ सार्वजनिक गरिसके पनि अब यस बिषयमा निर्णय लिन भने बाकी रहेको छ ।

पुरुष फुटबलमा अब ५ टिममात्र रहनेछन् । साफ को नियम अनुसार ५ वा ५ भन्दा कम टिममा प्रातियोगिता गराउने हो भने राउन्ड रोबिन अन्तर्गत गराउनु पर्ने हुन्छ । यस बिषयमा भने एन्फा र राष्ट्रिय खेल्कुद परिषदले कुनै निर्णय निकालिएको छैन ।
१ डिसेम्बर देखी आयोजना हुने फुटबलका सबै खेलहरु काठमाडौं स्थित दशरथ रङ्गशालामा हुने छ ।

Click to comment

Trending