१३औं दक्षिण एसियाली खेलकुद

दुबै हातले बलिङ्ग गर्न सक्ने मेन्डिस श्रीलंकाको साग क्रिकेट टिममा

Published

on

१० दिनपछि नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि श्रीलंका क्रिकेट बोर्डले टिमको घोषणा गरेको छ ।

सागमा सहभागी टेस्ट राष्ट्रहरुले २३ बर्षमुनिका खेलाडीहरु खेलाउनेछन् । श्रीलंकन टोलीमा सिनियर टिमबाट डेब्यु गरिसकेका कामिण्डु मेण्डिस पनि रहेका छन् । चरिथ असलंका कप्तान रहेको श्रीलंकन टोलीको उपकप्तान मेण्डिस नै रहेका छन् ।

उनी दुबै हातले बलिङ गर्ने गर्छन । दुबै हातले स्पिन बलिङ गर्न सक्ने उनले श्रीलंकाको सिनियर टोलीबाट २०१८ मा इङ्ल्यान्डसँग भएको टि–२० प्रातियोगितामा डेब्यु गरेका थिए । त्यसपछि भने उनले श्रीलंकाका लागि दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय र चारवटा टि ट्वान्टी खेलिसकेकका छन् ।

उनि न्युजिल्याण्डमा सम्पन्न अण्डर १९ बिश्वकपका लागि श्रीलंकन टोलीको मुख्य खेलाडीको रुपमा रहेका थिए ।

श्रीलंकाले घोषणा गरेको टिममा अनुभबी बलर मेण्डिससहित आसिथा फर्नान्डो पनि रहेका छन् । पुरुष क्रिकेटका सबै खेलहरु टियु मैदानमा हुने छन ।

सागको लागि श्रीलंकाको टोलीः चरिथ आसालांका (कप्तान), कामिन्डु मेण्डिस (उप कप्तान), पथुम निसांका, हसिता बोयागोडा, विश्व चथुरंगा, असेन बन्दारा, समु असन, निशान मदुस्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना पेरेरा, दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्बागे र कविष्का अन्जुला

Click to comment

Trending