१३औं दक्षिण एसियाली खेलकुद

सन्दिप सागमा नखेल्ने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् ।

पछिल्लो समय बिश्वमा हुने विभिन्न फ़्रेन्चाइज लिगमा ब्यस्त भएका सन्दिपले आँखाको शालयक्रिया गरेका कारण सागमा सहभागिता जनाउन नसक्ने भएका हुन् । आँखामा समस्या देखिए पछि उनले डाक्टरहरुको सल्लाहमा आँखाको शालयक्रिया गरेका हुन् । सन्दिपले करिब चार हफ्ता बिश्राम गर्न पर्ने छ । यस अघि अबुधबीमा आयोजना भएको टि१० लिगमा सहभागित जनाउनका लागि सन्दिपले बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एशिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।

सन्दिपले सहभागिता जनाउन नसक्ने भए पछि उनको स्थानमा यु१९ टोलीका कप्तान रोहित कुमार पौडेललाई साग टोलीमा समावेस गरिएको छ । रोहित एसीसी इमर्जिंग टिम्स एशिया कपको टोलीमा समावेस भएता पनि साग टोलीको अन्तिम १५ मा पर्न असफल रहेका थिए ।

साग अन्तर्गत पुरष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर पाँचमा भुटानसँग, तेश्रो खेल त्यसको भोलिपल्ट माल्दिभ्ससँग खेल्ने छ भने समुह चरणको चौंथो तथा अन्तिम लिग खेलमा बंगलादेशसँग भिड्ने छ ।

यस प्रतियोगिता पाकिस्तान र भारतले सहभागिता नजनाउने भएका छन् । भारत र पाकिस्तानको सहभागिता नहुने भए पछि प्रतियोगितामा आयोजक नेपाल सहित भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहित कुल पाँच राष्ट्रको सहभागिता रहने छ । प्रतियोगितामा सबै टोलीले एक अर्कामा एक एक खेल खेल्ने छन् भने पहिलो र दोश्रो हुनेले स्वर्ण पदकका लागि भिड्ने छन् भने तेश्रो तथा चौथों हुने टोली तेश्रो स्थानका लागि भिड्ने छन् ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको दक्षिण एसियाली खेलकुदका नेपाली टोलीमा दिपेन्द्र सिँह ऐरि उपकप्तान रहेका छन् । नेपालको अन्य खेलाडीहरुमा पारस खड्का, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, बिनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, रशिद खान, पवन शर्राफ र ललित नारायण राजबंशी रहेका छन् ।

टियु क्रिकेट मैदानमा हुने खेलको फाइनल १० तारिखमा हुनेछ ।

Click to comment

Trending