१३औं दक्षिण एसियाली खेलकुद

साग पुरष क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

Published

on

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । सार्वजनिक खेल तालिका अनुसार तीन डिसेम्बरमा नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो ।

यस प्रतियोगिता पाकिस्तान र भारतले सहभागिता नजनाउने भएका छन् । भारत र पाकिस्तानको सहभागिता नहुने भए पछि प्रतियोगितामा आयोजक नेपाल सहित भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहित कुल पाँच राष्ट्रको सहभागिता रहने छ । प्रतियोगितामा सबै टोलीले एक अर्कामा एक एक खेल खेल्ने छन् भने पहिलो र दोश्रो हुनेले स्वर्ण पदकका लागि भिड्ने छन् भने तेश्रो तथा चौथों हुने टोली तेश्रो स्थानका लागि भिड्ने छन् ।

नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर पाँचमा भुटानसँग, तेश्रो खेल त्यसको भोलिपल्ट माल्दिभ्ससँग खेल्ने छ भने समुह चरणको चौंथो तथा अन्तिम लिग खेलमा बंगलादेशसँग भिड्ने छ ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको दक्षिण एसियाली खेलकुदका नेपाली टोलीमा दिपेन्द्र सिँह ऐरि उपकप्तान रहेका छन् । नेपालको अन्य खेलाडीहरुमा पारस खड्का, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, बिनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, रशिद खान, पवन शर्राफ र ललित नारायण राजबंशी रहेका छन् ।

टियु क्रिकेट मैदानमा हुने खेलको फाइनल १० तारिखमा हुनेछ ।

 

Click to comment

Trending