Headline

क्रिकेट संघ चुनावः कसले कति मत पाए ?

Published

on

लामो समयपछिको अन्यौल चिर्ने आशा गरिएको नेपाल क्रिकेट संघको निर्वाचन आज सम्पन्न भएको छ ।

निर्वाचनले झण्डै चार बर्षदेखि रहेको नेपाली क्रिकेट माथिको निलम्बनको अन्त्य हुने आशा गरिएको छ । सन् २०१५ अप्रिल २५ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सरकारी हस्तक्षेप र बिवादास्पद निर्वाचनको कारण देखाउदै नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

आईसिसिले भनेको बिवादास्पद निर्वाचनपछि नै अध्यक्ष बनेका चतुर बहादुर चन्द एक पटक फेरि नेपाल क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् । पूर्व अध्यक्ष बिनय राज पाण्डेको सँग अध्यक्ष भिडेका चन्द भारि मतले मात्र बिजयी भएनन् । चन्दको पुरै प्यानल नै एक पटक फेरि नेपाल क्रिकेट संघ मै आएको छ ।

हेरौ आज भएको १७ सदस्यीय कार्य समितिमा कसले कति मत पाए ।

अध्यक्ष – चतुर बहादुर चन्द (४४) –––– बिनय राज पाण्डे (१५)

उपाध्यक्ष – राजु बाबु श्रेष्ठ (४०) –––– मिङ्गमा डण्डु शेर्पा (१७)

सचिव – अशोक नाथ प्याकुरेल (४३) –––– बिनोद कुमार मैनाली (१५)

कोषाध्यक्ष – रोशन कुमार सिँह (४५) –––– उपेन्द्र भट्टराई (१२)

प्रदेश १ सदस्य – कैलाश बिष्ट (३७) –––– लाक्पा लामा (२१)

प्रदेश २ सदस्य – दाउद अन्सारी (निर्विरोध)

प्रदेश ३ सदस्य – अमित बिर पाण्डे (३९) –––– कैलाश प्रधान (१९)

गण्डकी प्रदेश सदस्य – ऋषि राम गौतम (निर्विरोध)

प्रदेश ५ सदस्य – प्रशान्त मल्ल (निर्विरोध)

कर्णाली प्रदेश सदस्य – पदम बहादुर खड्का (निर्विरोध)

सुदुर पश्चिम प्रदेश सदस्य – बिक्रम बिष्ट (निर्विरोध)

महिला सदस्य – जयन्ति भट्ट (निर्विरोध)

खुल्ला तर्फ बिजयी

माधव कुमार कर्माचार्य –––– ३५

दर्गाराज पाठक –––– ४२

करण महतरा क्षेत्रि –––– ३०

बिरेन्द्र बहादुर चन्द –––– ३७

सञ्जय सिँह –––– ३४

खुल्ला तर्फ पराजित

धिरेन्द्र साउद –––– २८

पवन अग्रवाल –––– २०

नरेश राण –––– १७

प्रफुल्ल बैद्य –––– १६

जगत टमाटा –––– १५

अर्जुन पौडेल –––– १४

Click to comment

Trending