अन्तर्राष्ट्रिय

ओसासुना माथि रियलको सहज जीत

Published

on

ओसासुना माथि २-० को सहज जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
छ खेल खेलेको रियल चार जीत र दुई बराबरीका साथ १४ अंक सहित शिर्षमा उक्लिएको हो । समान ६-६ खेल खेलेका एथलेटिको म्याड्रिड, एथलेटिक क्लब, ग्रानाडा र बार्सिलोना क्रमसः १३, १२, ११ र १० अंक सहित दोश्रो, तेश्रो, चौथों र पाँचौं स्थानमा रहेका छन् ।
घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा रियलको जीतका नायक रहे भिनिसियस जुनियर र रोड्रिगो । जुनियरले र रोड्रिगोले समान १-१ गोल गर्दै रियललाई यस सिजनको चौथों जीत दिलाए ।
लगातार रुपमा आक्रमण गरेको रियलका लागि ३६औं मिनेटमा जुनियरले गोल गर्दै खेलमा अग्रता लियो । टोनी क्रोसले दिएको पासलाई जुनियरले उत्कृस्ट फिनिस गर्दै अग्रता दिलाएका हुन् । त्यस पछि को समयमा रियलले पाएको मौकाको सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-० मा सकियो ।
दोश्रो हाफको ७२औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । आजको खेलमा रियलका लागि डेब्यु गरेका रोड्रिगो ७१औं मिनेटमा पहिलो हाफमा गोल गरेका जुनियरको स्थानमा मैदान छिर्दै त्यसको एक मिनेट पछि नै गोल गरेका हुन् ।
दुबै टोलीले केहि मौका पाएता पनि गोल गर्न नसक्दा खेल रियलले २-० ले जीत्यो ।

Click to comment

Trending