अन्तर्राष्ट्रिय

भारत र दक्षिण अफ्रिका बिच ट्वान्टी ट्वान्टी शृंखला भोली देखि 

Published

on

घरेलु टोली भारत तथा दक्षिण अफ्रिका बिचको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भोलीबाट शुरु हुँदै छ ।

विश्वकप पछि भेट्रान खेलाडीहरुले सन्यास लिए पछि युवा खेलाडीको जमात रहेको दक्षिण अफ्रिकाको कप्तानी विकेट किपर तथा ओपनर ब्याट्सम्यान क्विन्टन डि ककले पहिलो पटक सम्हाल्दै छन् । त्यस्तै इंग्ल्यान्डमा र वेल्समा सम्पन्न विश्वकप पछि भारतले पनि टोलीमा धेरै परिवर्तन गर्दै युवा खेलाडीलाई आफ्नो टोलीमा समावेस गरेको छ ।

भारत र दक्षिण अफ्रिका बिच तीन खेलको शृंखला अन्तर्गत पहिलो खेल भदौ २९ गते धर्मशालामा, दोश्रो खेल असोज एक गते मोहालीमा र तेश्रो तथा अन्तिम खेल असोज पाँच गते बेंगलुरुमा हुनेछ ।

 

Click to comment

Trending