अन्तर्राष्ट्रिय

भारत र दक्षिण अफ्रिका बिचको ट्वान्टी ट्वान्टी शृंखला १-१ को बराबरी 

Published

on

कप्तान क्विन्टन डि ककको अविजित अर्धशतक प्रहार गरे पछि पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारत लाई तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा नौं विकेटले पराजित गर्दै शृंखला बराबरी गरेको छ ।
तीन खेलको शृंखलामा १-० ले पछि परेको दक्षिण अफ्रिकाले आजको खेल जीत्दै बराबरी गरेको हो । दोश्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले सात विकेटले जीतेको थियो भने पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो
भारतले दिएको १३५ रनको झिनो लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले १६ दशमलब पाँच ओभर खेल्दै एक विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।
दक्षिण अफ्रिकाको जीतमा कप्तान क्विन्टन डि ककले अविजित रहँदै सर्वाधिक ७९ रन बनाए । ओपनिंगमा आएका विकेट किपर ब्याट्सम्यान डि ककले ५२ बलको सामना गर्दै छ चौका र पाँच छक्का प्रहार गरे । शृंखलाको प्लेयर अफ द सिरिज घोषित डि ककले पहिलो विकेटका लागि २६ बलमा २८ रन बनाएका रेजा हेनरिक्ससँग ७६ तथा टेम्बा बभुमासँग मिलेर दोश्रो विकेटका लागि अविजित ६४ रन जोड्दै दक्षिण अफ्रिकाको जीत सुनिश्चित गरे ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको भारतली २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३४ रनको सामान्य योगफल तयार पार्यो ।
भारतको तर्फबाट ओपनर शिखर धवनले २५ बलमा सर्वाधिक ३६ रन बनाए । धवन बाहेक रिशब पन्त र रविन्द्र जडेजाले समान १९-१९ तथा हार्दिक पान्ड़याले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतलाई सानो योगफलमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका कागिसो रबडाले सर्वाधिक तीन विकेट लिए भने बिजोर्न फोर्टुन र बेउरन हेनरिक्सले समान २-२ विकेट हात पारे । खेलको म्यान अफ द म्याच घोषित हेनरिक्सले चार ओभरमा मात्र १४ रन खर्चिए भने फोर्टुनले तीन ओभरमा १९ रन ।
भारत र दक्षिण अफ्रिका अब तीन टेस्ट म्याचको शृंखलामा भिड्ने छन् । पहिलो टेस्ट असोज १५ गते विशाखापट्नममा शुरु हुनेछ ।

 

 

 

 

 

 

Click to comment

Trending