अन्तर्राष्ट्रिय

कोहलीको अर्धशतकमा दक्षिण अफ्रिका माथि भारतको सहज जीत 

Published

on

कप्तान बिराट कोहलीले अविजित रहँदै अर्धशतक प्रहार गरेसँगै घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई दोश्रो ट्वान्टी ट्वान्टी खेलमा सात विकेटले पराजित गरेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । वर्षाका कारण पहिलो ट्वान्टी ट्वान्टी खेल रद्ध भएको थियो
दक्षिण अफ्रिकाले दिएको १५० रनको लक्ष्य लिएर ब्याटिंगमा आएको भारतले १९ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जीत दर्ता गरायो ।
भारतको जीतमा कप्तान कोहलीले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । खेलको म्यान अफ द म्याच घोषित कोहलीले ५२ बलको सामना गर्दै चार चौका र तीन छक्का प्रहार गरे । कोहली बाहेक ओपनरद्वय शिखर धवन र रोहित शर्माले क्रमसः ३१ बलमा ४० रन तथा १२ बलमा १२ रन प्रहार गरे भने श्रेयस ऐयेरले पनि अविजित रहँदै १४ बलमा १६ रनको योगदान दिए ।
यस अघि मोहालीमा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले कप्तान क्विन्टन डि ककको अर्ध शतकको मद्धतमा २० ओभर खेल्दै १४९ रनको मध्यम योगफल खडा गर्यो ।
दक्षिण अफ्रिकाको लागि ओपनिंगमा आएका कप्तान डि ककले सर्वाधिक ५२ रन बनाए । आक्रमक पारी खेल्ने क्रममा ३७ बलको सामना गर्दै आठ चौका प्रहार गरे । पहिलो विकेटका रुपमा रेजा हेनरिक्सलाई छ रनमा गुमाएको दक्षिण अफ्रिकाको पारी सम्हाल्ने क्रममा डि ककले दोश्रो विकेटका लागि ४९ बलमा ४९ रन बनाएका टेम्बा बभुमासँग मिलेर ५७ रनको शाझेदारी गरे ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा दिपक चाहारले चार ओभर बलिंग गर्दै मात्र २२ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए ।
अब भारत र दक्षिण अफ्रिका बिच तीन खेलको शृंखला अन्तर्गत तेश्रो तथा अन्तिम खेल असोज पाँच गते बेंगलुरुमा हुनेछ ।

Click to comment

Trending