राष्ट्रिय

कुशल र इशान पहिलो पटक राष्ट्रिय टोलीमा

Published

on

सिंगापुरमा आयोजना हुने त्रिकोणात्मक शृंखला तथा ओमनमा आयोजना हुने पाँच देश सम्मिलित ट्वान्टी ट्वान्टी प्रतियोगिताको लागि नाम सार्वजनिक भएको छ ।
काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको टोलीमा यु१९ टोलीका अलराउन्डर कुशल मल्ल र पुर्व यु१९ खेलाडी इशान पाण्डे अन्तिम १५ मा पर्न सफल भएका छन् । पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका उनीहरु राष्ट्रिय टोलीमा पनि पहिलो पटक समावेस भएका हुन् ।
त्यस्तै यस अघि सिंगापुरमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा स्थान बनाउन नसकेका अरिफ शेख र सन्दिप जोरासँगै सुशन भारीले टोलीमा पुनरागमन गरेका छन् भने मध्यक्रमका ब्याट्सम्यान शरद भेषावाकर र बायाँ हाते स्पिनर बसन्त रेग्मीलाई बिश्राम दिइएको छ ।
त्यस्तै यु१९ का पुर्व कप्तान दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान नियुक्त गरिएको छ ।
 
 
नेपाली टोली 
पारस खड्का (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
सोमपाल कामी
करण केसी
बिनोद भण्डारी
ललित नारायण राजबंशी
पवन सर्राफ
सन्दिप जोरा
सन्दिप लामिछाने
अविनास बोहरा
कुशल मल्ल
रोहित कुमार पौडेल
आरिफ शेख
सुशन भारी
इशान पाण्डे

Click to comment

Trending