राष्ट्रिय

यु१८ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको नाम सार्वजनिक 

Published

on

डिफेन्डिंग च्याम्पियन नेपालले घरेलु मैदानमा आयोजना हुन यु१८ साफ च्याम्पियनसिपका लागि २३-सदस्यिय टोलीको नाम सार्वजनिक भएको छ । 
यु१८ टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले एक हफ्ता पोखरामामा बन्द प्रशिक्षण राख्दै २५ जना बाट छनोट गर्दै २३ जना खेलाडी छानेका हुन् । गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङले अन्तिम २३ मा स्थान बनाउन सकेनन् ।
असोज तीन गतेबाट हल्चोक स्थित एपिएफको रंगशालामा हुने प्रतियोगितामा नेपाल सहित भुटान र माल्दिभ्स रहेका छन् भने अर्को समुहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तान टोलीले भने अन्तिम समयमा आएर प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको हो ।
नेपाली टोली 
गोलकिपर – विशाल सुनार, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर – विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ्, एलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर – शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्ड – बृजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

Click to comment

Trending