राष्ट्रिय

साफ यु१८ : डिफेंन्डिंग च्याम्पियन नेपाल समुह चरणबाट नै बाहिर 

Published

on

हल्चोक स्थित एपिएफ साफ यु१८ च्याम्पियनसिपबाट आयोजक तथा डिफेंन्डिंग च्याम्पियन नेपाल समुह चरणबाट नै बाहिरिएको छ । समुह चरणको समाप्तीमा कुल एक अंक बटुलेको नेपाल तेश्रो तथा अन्तिम हुँदै समुह चरणबाट नै बाहिरिएको हो ।
नेपालले समुह चरणको आफ्नो पहिलो खेलमा माल्दिभ्स यु१८ सँग १-१ को बराबरी खेलेको थियो भने दोश्रो खेलमा भुटान यु१८ बिरुद्ध ३-० को लज्जास्पद हारको सामना गरेको थियो ।
आज भएको भुटान र माल्दिभ्स बिचको खेलमा माल्दिभ्स ३-० को अन्तरले पराजित भएको खण्डमा नेपालले सेमीमा स्थान बनाउने भएता पनि गोल लेस ड्र हुँदा नेपाल समुह चरणबाट नै बाहिरिएको हो । दुई खेलमा चार अंकका साथ भुटान पहिलो र उतिनै खेलमा दुई अंकका साथ माल्दिभ्स दोश्रो हुँदै सेमीफाइनलमा प्रवेस गरेका छन् ।

Click to comment

Trending