१३औं दक्षिण एसियाली खेलकुद

महिला टोलीले सागको तयारी पोखरामा गर्ने 

Published

on

नेपाली महिला टोलीले नेपालमा नै आयोजना हुने १३औं सागको तयारी पोखरामा गर्ने भएको छ । 

मंसिर १५ गतेबाट २४ गते सम्म पोखरा र काठमाडौँमा हुने साफको तयारीका लागि महिला टोली आज पोखरा पुगेको छ । महिला टोलीले पोखरामा रहँदा सहारा एकेडेमी र आर्मी क्लबको मैदानमा अभ्यास गर्नेछ ।

 

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान हरि खड्काको प्रशिक्षणमा रहेको महिला टोलीले घरेलु मैदानमा हुने साफमा स्वर्ण पदक जीत्ने लक्ष्य सहित कडा मिहिनेत गरेको छ ।

 

नेपाली टोलीले हालै किर्गिस्तानमा सम्पन्न भएको नादेझ्दा कपमा उपविजेता भएको थियो । समूह चरणको पहिलो खेलमा किर्गिस्तानलाई ८-२ ले र तेश्रो खेलमा ताजकिस्तानलाई १-० ले पराजित गरेको नेपाल दोश्रो खेलमा भने उज्बेकिस्तानसँग भने २-० ले पराजित भएको थियो । त्यस्तै उज्बेकिस्तानसँग नै फाइनलमा ३-२ ले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending