राष्ट्रिय

यु१६ टोली आज स्वदेस फर्कने 

Published

on

जोर्डनको राजधानी अमानमा सम्पन्न एएफसी यु१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यु१६ टोली आज स्वदेस फर्कदैं छ । युवा टोली साँझ ६:३० बजे त्रिभुवन अन्तरास्ट्रिय एरपोर्टमा ओर्लने छ ।

 

छनोटमा चार खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत तथा एक खेलमा बराबरी गरेको थियो भने दुई खेलमा हारको सामना गर्दै चार अंक बटुल्यो र प्रतियोगिताबाट बाहिरियो ।

 

नेपालले प्रतियोगिता अवधिभर श्रीलंकालाई मात्र हराउन सक्यो भने कुवेतसँग बराबरी खेल्यो । नेपाल आफ्नो चौथों तथा अन्तिम खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको हो । त्यस्तै आफ्नो दोश्रो खेलमा कुवेतसँग १-१ को बराबरी खेल्यो ।

आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र जोर्डनसँग र तेश्रो खेलमा ताजिकिस्तानसँग समान ७-० को फराकिलो हारको सामना गरेको थियो ।

Click to comment

Trending