राष्ट्रिय

पिपिएल कार्तिक अन्तिममा 

Published

on

पोखरा प्रिमिएर लिग कार्तिक अन्तिमबाट शुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले आज एक प्रेश विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

पोखरामा आयोजना हुने प्रतियोगिता यस अघिको संस्करण दशैं र तिहारको बिचमा आयोजना गरेता पनि यस पटक भने कार्तिक २६ गतेबाट मंसिर सात गतेसम्म आयोजना हुनेछ ।

दोश्रो संस्करणमा साबिक बिजेता पोखरा पल्टन सँगै चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज र बिराटनगर टाईटान्स गरि कुल छ टोलीको सहभागिता रहेको थियो ।

Click to comment

Trending