राष्ट्रिय

यु१८ साफ : भुटानसँग नेपालको लज्जास्पद हार 

Published

on

आयोजक नेपाल यु१८ ले यु१८ साफ च्याम्पियनसिपमा भुटान यु१८ सँग ३-० को लज्जास्पद हार व्यहोरेको छ ।

 

साबिक बिजेता नेपाल यस हारसँगै यु१८ साफको सेमीफाइनल पुग्ने आशा पनि झिनो बनेको छ । समुह चरणको आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको नेपाल अब भुटान र माल्दिभ्स बिचको खेलबाट मात्र सेमीमा पुग्ने कि न पुग्ने भन्ने टुंगो लाग्ने छ । भुटान भने नेपाललाई पराजित गर्दै एक खेल अगावै सेमिमा प्रवेश गरेको छ ।

 

पहिलो हाफमा १-० ले अघि रहेको नेपालले दोश्रो हाफमा दुई गोल खाँदै ३-० को हारको सामना गरेको हो । पहिलो हाफको ३७औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानलाई १-० को अग्रता दिलाए । हुलमुलका बीचमा दोर्जीले प्रहार गरेको बलले जाली चुमे पछि नेपाल खेलमा पछि पर्यो ।

 

पहिलो खेलमा जस्तै लय समाउन नसकेको नेपालले दोश्रो हाफको ८६औं मिनेटमा पेनाल्टी दिन पुग्यो । नेपालका विशाल बस्नेतले केजांङ जिग्मेलाई लडाए पछि पाएको पेनाल्टी उनले नै प्रहार गर्दै गोलमा परिणत गरे ।

 

अन्तिम समयमा आएर नेपालले केहि प्रहार गरेता पनि गोलमा परिणत गर्न सकेन । खेलको ९०औं मिनेटमा कर्मा सोनामले डिबक्स बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिँदा नेपालले खेल ३-० ले हार्न पुग्यो ।

Click to comment

Trending