Connect with us

Headline

क्रिष्चियानो रोनाल्डोः म्यानचेस्टर युनाइटेड फर्वार्ड समस्या हुन की ‘मिसफाइरिङ्ग’ टोलीको समाधान ?

Published

on

क्रिष्चियानो रोनाल्डोले गत समरमा पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा सनसनीपूर्ण कमब्याक गर्दा क्लबको पुरानै सफल बर्षहरुमा फर्काउनका लागि अन्तिम प्रयासको रुपमा लिइएको थियो ।

ओले गुनार सोल्सायरले युनाइटेडलाई प्रिमियर लिगमा दोश्रो स्थानसम्म दिलाएका थिए भने थप राम्रो पैसा खर्च गर्दै जेडन सान्चो र राफेल भारानलाई ल्याउदै थियो । २०१३ पछि पहिलो र इतिहासको २१ औं प्रिमियर लिग उपाधि युनाइटेडका लागि यथार्थपरक सम्भाब्यता थियो ।

तर ६ महिना यता सोल्सायर बर्खास्त हुनुका साथै रोनाल्डो आफ्नो करिअरमा दशक यताकै लामो गोल खडेरीमा छन् भने युनाइटेड शिर्ष चारभित्र पर्नै संघर्ष गर्दा उनीबाट धेरै नै आशा गरिरहेको छ ।

पोर्चुगिज सुपरस्टारले यो सिजन केही महत्वपूर्ण गोलहरु नगरेका होइनन् तर अन्तरिम व्यवस्थापक राल्फ रांगनिकले नयाँ सिजनका लागि युनाइटेडलाई नयाँ स्ट्राइकरको आवश्यकता रहेको खुल्ला रुपमै बताउदै गर्दा उनको पुनरागमन दुःस्वप्नमा परिणत भइरहेको छ ।

युनाइटेड शनिबारको खेलमा साउथह्याम्प्टनसँग १–१ गोलको बराबरीमा रोक्किएपछि रोनाल्डोकको फर्मलाई लिएर सोधिएको प्रश्नमा भन्छन्ः “उनी अवश्य पनि गोल गर्न चाहन्छन् । म र सिँगै टिम पनि चाहन्छ । उनले राम्रो अवसर पनि पाएको थिए । एकपटक गोलकिपर भन्दा पछाडी पुग्दा सबैभन्दा ठूलो अवसर आएको थियो तर त्यो मौकामा क्लियर भयो ।”

किर्तिमानले आफै बोल्छ

रांगनिकले भनेको अवसर रोनाल्डोलाई छैटौं मिनेटमै आएको थियो । साउथह्याम्प्टन गोलकिपर फ्रेजर फोस्टरलाई बिट गर्दै उनले गरेको फितलो प्रहारलाई रोमेन पेरौडले गोललाईनबाट क्लियर गरिदिएका थिए ।

सान्चोले ओल्ड ट्राफोर्डमा २१ औं मिनेटमा घरेलु टोलीलाई अग्रता त दिलाए तर लगातार तेश्रो खेलमा बिपक्षीलाई दवाब बनाउन असफल हुँदा चे एडम्सको दोश्रो हाफको गोलले टोली बराबरीमा रोक्किन पुग्यो । खेलमा रोनाल्डोको जम्म दुई शट अन टार्गेट रह्यो, अर्कोमा उनले टाइट एँगलमा सिधै फोस्टरतर्फ प्रहार गरेका थिए ।

युभेन्टसबाट युनाइटेड आए यता रोनाल्डोमाथि लगातार दवाब बढीरहेको छ

उनले पाएको अवसर सदुपयोग गरेको भए युनाइटेड जिततर्फ अग्रसर हुने थियो । यद्दपि लगातार ६ खेलमा गोल गर्न असफल उनी पछिल्लो ११ बर्षकै सबैभन्दा लामो गोलको खडेरीबाट गुज्रन पुगेका छन् । उनी एक सुपरस्टार हुन् त्यसैले प्रत्येक खेलमा गोल गर्ने दवाब त हुने नै भयो ।

“इतिहास हेर्ने हो भने रोनाल्डो युनाइटेडका लागि गोल गर्ने सबैभन्दा बढी सम्भावना बोकेका खेलाडी हुन् र यसलाई उनले साबित पनि गरेका छन् । तर यो तथ्य उनको आजको प्रदर्शनको आधारमा होइन । आज हामीले उनलाई खेलमा बिरलै देख्यौं,” आयरल्याण्डका पूर्व अन्तर्राष्ट्रिय एन्डी रिडले बिबिसी रेडियो फाइभलाई भने ।

“म्यानचेस्टर युनाइटेडमा अहिले पहिचानको संकट छ । उनीहरुलाई आफू के गरिरहेको छौ भन्ने नै थाहा छैन । उनीहरु खेलौं अनि आशा गरौं भन्ने स्थितिमा छन् ।”

इंगल्याण्डका पुर्व फुटबलर फरा विलियम्सले फुटबल फोकसमा दिएको अन्तर्वार्तामा रोनाल्डो स्कोरर सबै खेल खेल्नु पर्ने बताउछन् । “युनाइटेडमा के भइरहेको छ भन्ने बिषयमा रोनाल्डोलाई नकारात्मक रुपमा चर्चा गरिएको छ । तर उनको रेकर्डले नै सबै कुरा भन्छ । उनलाई खेलाउनै पर्छ,” विलियम्स भन्छन् ।

शनिबार साउथह्याम्प्टनका डिफेन्डरहरुले फिजिकल खेलमा रोनाल्डोलाई पछि पार्दा यो सिजन १४ गोल सहित युनाइटेडका टप स्कोरर समय–समयमा हात फाल्दै फ्रस्ट्रेसन पोखिरहेका थिए ।

रोनाल्डोले गरेका १४ मध्ये ६ गोल च्याम्पियन्स लिगमा आएको छ । यस क्रममा उनले भिलारियाल र एटलान्टाबिरुद्ध अन्तिम समयमा निर्णायक गोलहरु गर्दै युनाइटेडलाई नकआउट चरणसम्म घिसारेका थिए । इटालियन टोली एटलान्टाबिरुद्ध उनले अर्को लेगमा इन्जुरी समयमै गोल गर्दै महत्वपूर्ण बराबरी पनि गराएका थिए ।

“युनाइटेड आफैले आफूलाई धक्का दिदै लिग उपाधिहरु जित्ने महसुस गरेको हो । र यसमा व्यवस्थापकको भुमिका अन्तिम प्रकृया थियो । ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म जति पनि नियुक्त भए त्यसले युनाइटेडलाई आफ्नो महत्वाकांक्षामा नजिक पुगेको आत्मबिश्वास दिएको थियो । रोनाल्डोको पुनरागमन पछि टिमको गतिशीलतामा नयाँ आयाम थपिएको थियो,” युरोपियन फुटबल बिशेषज्ञ जेम्स हर्नकासल भन्छन् ।

रोनाल्डो यो सिजन १४ गोलका साथ युनाइटेडका टप स्कोरर नै हुन्

“रोनाल्डोको उपस्थिति अनुरुप नै तपाईले उनलाई फिट हुने सिस्टम बनाउनु पर्छ र सको मतलब के पनि हो भने तपाई जुन फुटबल दर्शन बोकेको प्रशिक्षक हुनुहुन्छ त्यसबाट तपाई अलग्गिनु पर्ने हुन्छ । उनको प्रदर्शन नभएर सम्झनलायक हाइलाइटहरुको मात्र चर्चा गर्दै रोनाल्डोलाई हेर न उसमा अझै धेरै बाँकी छ भनिन्छ भने त्यसले क्लबमा रहेका त्रुटीहरुलाई लुकाउने काम मात्र गर्छ,” उनी थप्छन् ।

टिमले नै चाहिए जतिको मिहिनेत गरिरहेको छैन

टिमले पर्याप्त अवसर सृजना गरेपनि गोल गर्नका लागि प्रभावकारी नभइरहेको भन्दै रांगनिकले साथह्याम्प्टनबिरुद्धको बराबरीका लागि रोनाल्डोलाई मात्र दोष दिन अस्विकार गरे ।

रांगनिकका लागि तथ्यांक सन्तोषजनक छैन । उनको आगमपनपछि युनाइटेडले प्रति खेल एक भन्दा कम औषतमा (१४ मा १०) गोल गरेको छ । यो प्रिमियर लिगमा उनी अघिका कुनै पनि व्यवस्थापक हुँदको भन्दा कमजोर औषत हो ।

१० मध्ये मात्र तीन खेलमा एक भन्दा बढी गोल गरेको युनाइटेडको साउथह्याम्प्टनसँगको बराबरी लगातार तेश्रो खेल हो जहाँ उसले अग्रता लिएर राम्रो खेल्दा खेल्दै पनि जित्न सकेन । एफए कपमा पेनाल्टी सुटआउटमा बाहिरिदा पनि युनाइटेड अग्रता लिएर चुकेको थियो ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!