राष्ट्रिय
वुमा गोजुकाई कराँतेमा जोरपाटी डोजो टिम च्याम्पियन
Published
2 years agoon
By
wesportzनेपाल गोजु काई कराँते संले आयोजना गरेको वुमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ ।
चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन् ।
महिला ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन् । उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन् । महिला ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन् । साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन् । उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन् ।
महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन् । महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन् । महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन् । उनी जोरपाटी डोजोकी हुन् । फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन् ।
पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते । उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन् । पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते । पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते ।
बाँकी स्पर्धाको फाइनल खेल सोमबार नै सम्पन्न भएको थियो । पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए । उनीहरु दुवैले गोजु काई कराँते संघका उपाध्यक्ष जनार्दन उप्रेतीको प्रायोजनमा ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए ।
प्रतियोगितामा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुद महेश खरेललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा २ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए । कार्यक्रममै प्रमुख अतिथी गगन थापाले कार्यक्रम संयोजक उप्रेतीलाई वुमा कराँतेको मुख्यालय लण्डनबाट सम्बन्धनप्राप्त प्रमाणपत्र र पाँचौं डानको प्रमाणपत्र प्रदान गरिएको थियो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।