Headline
उच्च फर्ममा हुँदा हुँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने खेलाडीहरु
Published
3 years agoon
By
wesportzसन्यास लिने भन्ने विषय कुनै पनि खेलाडीको लागि सहज हुँदैन । लामो समय सम्म दिनचर्या बनेको खेलकुदबाट सन्यास लिनका लागि धेरै खेलाडीले लामो समय लगाउने गर्दछन् ।
कतिपय खेलाडीहरू राम्रो फर्ममा नहुँदा नहुँदै पनि लामो समय सम्म खेल्ने इच्छा राख्छन् भने कति यस्ता खेलाडीहरू यस्ता पनि छन् जो उच्च फर्ममा हुँदाहुँदै पनि सन्यासको घोषणा गर्दछन् । यसै हप्ता मात्र दुई खेलाडीले सन्यासको घोषणा गरे । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर तथा पुर्व कप्तान २९ वर्षीय रस टेलरले घरेलु समरको अन्त्यसँगै टेस्ट र एकदिवसीयबाट सन्यास लिने घोषणा गरे ।
त्यस्तै दक्षिण अफ्रिकाका पुर्व कप्तान क्विन्टन डि ककले अचानक टेस्टबाट सन्यासको घोषणा गरे । भारतसँगको पहिलो टेस्ट पछि २९ वर्षीय विकेट किपर ब्याटर डि ककले टेस्टबाट सन्यास लिए पनि दक्षिण अफ्रिकाको लागि एकदिवसीय र ट्वान्टी ट्वान्टी भने खेल्ने जनाएका छन् । उनले अचानक सन्यासको घोषणा गर्दा धेरैलाई आश्चर्यचकित पार्यो ।
यसै सम्बन्धमा हामी यस्तै खेलाडीहरूको चर्चा गर्दै
६. ब्रेन्डन म्याककुल्लम
पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान न्युजिल्याण्डले पाएका उत्कृष्ट खेलाडी मध्य एक हुन् । म्याककुल्लमकै कप्तानीमा न्युजिल्याण्डले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भएको विश्वकपमा फाइनल सम्मको यात्रा तय गर्यो । तर न्युजिल्याण्ड फाइनलमा अस्ट्रेलियासँग सात विकेटले पराजित हुन पुग्यो ।
राम्रो प्रदर्शन गर्दा गर्दै पनि म्याककुल्लमले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । जब उनले सन्यासको घोषणा गरे प्राय क्रिकेट समर्थकहरू स्तब्ध भए ।
म्याककुल्लमले आफ्नो अन्तिम टेस्टमा विश्व किर्तिमान नै कायम गर्न पुगे । अस्ट्रेलिया विरुद्धको खेलमा उनले मात्र ५४ बलमा शतक पुरा गरे । जुन टेस्ट क्रिकेटमा बनेको सबैभन्दा तीब्र शतक हो । उक्त खेलमा उनले ७९ बलमा एक सय ४५ रनको पारी खेले । त्यस्तै उनले त्यस खेलमा सात छक्का प्रहार गर्दै एक सय छ छक्काको साथमा टेस्टमा सर्वाधिक छक्का प्रहार गर्ने किर्तिमान आफ्नो नाममा लेखाए ।
म्याककुल्लम भन्दा पहिले उक्त किर्तिमान अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एडम गिलक्रिस्टको नाममा रहेको थियो । गिलक्रिस्टले ९६ खेलमा एक सय छक्का प्रहार गरेका थिए ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटबा
५. ग्लेन मेग्रा
ग्लेन मेग्रा मात्र यस्ता बलर हुन् जसले आफ्नो उच्च फर्म हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । मेग्रा टेस्टमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पाँचौँ स्थानमा तथा एकदिवसीयमा सातौँ स्थानमा रहेका छन् ।
मेग्राले सन् २००७ मा अस्ट्रेलियालाई विश्वकप दिलाउन मुख्य भूमिका खेले र त्यस लगत्तै सन्यासको घोषणा गरे । उनले अस्ट्रेलियालाई विश्वकप दिलाउने क्रममा कुल २७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी सुचीमा पहिलो नम्बरमा पनि रहेका थिए ।
विश्वकप भन्दा एक महिना अघि मात्र भएको एसेज शृङ्खलामा अस्ट्रेलि
मेग्राले सन्यास पछि पनि सन् २००८ को इन्डियन प्रिमिएर लिगमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।
४. सौरभ गांगुली
हालका भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) का अध्यक्ष तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान शौरभ गांगु
गांगुलीले सन् २००७ को नोभेम्बरमा अन्तर्राष्ट्रिय क्
गांगुलीको भरतीय क्रिकेट टोलीका प्रशिक्षक ग्रेग च्यापलसँग राम्रो सम्बन्ध थिएन । दुई बीचको विवादका कारण गांगुलीले कप्तानी मात्र गुमाएनन् टोलीमा पनि स्थान बनाउन असमर्थ रहे । पछि फेरी टोलीमा फर्किएका गांगुलीलाई च्यापेलले सन् २००७ को विश्वकपमा स्थान दिएनन् । त्यस पछि गांगुली निलो जर्सीमा कहिले पनि देखा परेनन् ।
गांगुलीले टेस्ट भने अर्को एक बर्ष खेले । उनले सन् २००७ मा तीन शतक र चार अर्धशतक प्रहार गर्दै ६१ दशमलब चार चारको औषतमा एक हजार एक सय छ रन बनाएका थिए भने २००८ मा १३ टेस्ट खेल्दै एक शतक र पाँच अर्धशतक बनाएका थिए ।
३. माइकल क्लार्क
अस्ट्रेलिया टोलीका पूर्व कप्तान हुन् माइकल क्लार्क । क्लार्कको कप्तानीमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै विश्वकपको उपाधि चुमेको थियो । विश्वकप अघि घाइते भएका क्लार्क अन्तिम समयमा मात्र फिट भएका थिए । अस्ट्रेलियालाई उपाधि दिलाउने क्रममा उनले ७२ बलमा ७४ रनको पारी खेलेका थिए । उनले पहेंलो जर्सी लगाएर त्यस पछि कुनै पनि खेल खेलेनन् ।
क्लार्कले त्यस पछि अस्ट्रेलियाको लागि टेस्ट खेलेका थिए । तर एसेजमा इंग्ल्यान्डसँग नमिठो हारको सामना गरे पछि टेस्टबाट पनि सन्यास लिन पुगे ।
२. कुमार संगाकारा
विश्व क्रिकेटले पाएको एक उत्कृष्ट ब्याट्सम्यान मध्य एक हुन् श्रीलंकाका पूर्व कप्तान कुमार संगाकारा ।
संगाकाराले सन् २०१४ मा श्रीलंकालाई ट्वान्टी ट्वान्टी विश्वकप दिलाउन प्रमुख भूमिका खेले । तर त्यस लगत्तै उनले ट्वान्टी ट्वान्टीबाट सन्यास लिए ।
त्यस्तै सन् २०१५ मा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटमा एक पछि अर्को किर्तिमान कायम गरेका उनले विश्वकप लगत्तै एकदिवसीय क्रिकेटबाट पनि सन्यास लिए । उनले उक्त विश्वकपमा एक सय आठ दशमलब दुईको औषतमा कुल पाँच सय ४१ रन प्रहार गरे । त्यस्तै उनले लगातार चार खेलमा शतक प्रहार गरे । तर उनको टोली क्वाटर फाइनलमा भारतसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भने संगाकाराले पनि अन्तिम खेल खेले ।
उनले त्यस लगत्तै भारत विरुद्धको टेस्ट शृङ्खला
१. एबी डी भिलियर्स
अझै पनि क्रिकेट समर्थकहरू दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले गरेको अन्तर्राष्ट्रिय क्रिके
उनले आफ्नो सन्यासको घोषणा गरेको बर्ष एकदिवसीयमा ५२ दशमलब एक आठको औसतमा, पाँच अर्धशतक र दुई शतक प्रहार गर्दै आठ सय ३५ रन बनाए । त्यस्तै उनले एकदिवसीयमा आफ्नो सर्वाधिक रन, १७६ रन बंगलादेश बिरुद्ध बनाउन सफल भएका थिए । उक्त वर्ष टेस्टमा उनले सात अर्धशतक र एक शतक पनि प्रहार गरेका थिए ।
उनले सन् २०१९ को विश्वकपमा आफ्नो सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकी टोलीबाट खेल्ने इच्छा ब्यक्त गरेको हल्ला पनि आएको थियो । त्यस्तै उनले यसै बर्ष युएईमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपमा पनि खेल्ने इच्छा जनाएको भन्दै चर्चा चलेको थियो । तर पछि उनले आफ्नो सन्यास फिर्ता नलिने जनाए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।