Women T20 World Cup Qualfiers
मिसन वर्ल्डकप : इन्दुको पहिलो अर्धशतकमा नेपालको किर्तिमानी जित
Published
3 years agoon
By
wesportzइन्दु बर्माको अर्धशतक तथा रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवरले घातक बलिङ गरे पछि विश्वकप छनोटको तयारीमा नेपाली महिला टोलीले कतारसँगको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ११९ रनको कीर्तिमानी जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता पनि कायम गरेको छ ।
ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक फराकिलो जित हो । यस अघि नेपालले सन् २०१९ मा इन्डोनेसिया विरुद्ध ९२ रनको फराकिलो जित हात पारेको थियो थियो ।
इन्दु बर्माले नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो अर्धशतक प्रहार गरे पछि नेपालले २० ओभरमा चार विकेट गुमाएर १४६ रनको विशाल योगफल खडा गर्यो ।
यो नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको उच्च योगफल हो । यस अघि नेपालले सन् २०१९ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसिया विरुद्ध १२६ रन बनाएको थियो ।
तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले नेपालको ४७ बलको समान गर्दै अविजित ५५ रनको पारी खेलिन् । इन्दुको यो व्यक्तिगत तथा नेपालको तर्फबाट पहिलो अर्धशतक हो । नेपालको तर्फबाट सर्वाधिक ५५ रन बनाएकी इन्दु रिटायर्ड हर्ट हुन पुगिन् ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोश्रो ओभरमा नै तीन रन बनाएकी विकेट किपर ब्याटर काजल श्रेष्ठलाई गुमायो । त्यस पछि ब्याटिङमा आएकी इन्दुले अर्की ओपनर सीता राना मगरसँग मिलेर दोश्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले ।
३३ बलमा ३९ रन बनाएकी सिताको विकेटको पतन पछि क्रिजमा आएकी कप्तान रुबिना क्षेत्री दुई बल खेल्दै रनको खाता नखोली रन आउट हुन पुगिन् । त्यस बाहेक सरिता मगरले रन आउट हुनु अघि २१ बलमा २१ रनको पारी खेलिन् भने कविता कुँवरले पनि अविजित आठ रनको योगदान दिइन् ।
१४७ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको कतारले ११ दशमलब पाँच ओभर खेल्दै मात्र २७ रन जोड्दा आफ्नो सबै विकेट गुमाउन पुग्यो ।
कतारलाई सस्तोमा समेट्ने क्रममा रुबिना क्षेत्रीले एक दशमलब पाँच ओभर बलिङ गर्दै मात्र एक रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् । त्यस बाहेक कविता कुँवर र सीता राना मगरले समान २-२ तथा करुणा भण्डारीले एक विकेट हात पारिन् । सीताले दुई ओभरमा तीन तथा कविताले तीन ओभरमा ओभरमा छ रन खर्चिन् ।
कतारको तर्फबाट खदिजा इम्तियाज र एन्जेलिना मरेले समान ८-८ रन बनाए भने छ जना ब्याटरले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Women T20 World Cup Qualfiers
विश्वकपको सपना देखेको नेपाली टोली पहिलो खेलमा नै पराजित
Published
3 years agoon
November 22, 2021By
wesportzविश्वकप खेल्ने सपना देखेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नै हारको सामना गरेको छ ।
आजको हार पनि नेपालको विश्वकप यात्रामा धक्का लागेको छ । ६ टोली सम्मिलित एसिया छनोटमा सबै टोलीले समान ५-५ खेल खेल्न पर्ने र अंक तालिकाको शिर्ष स्थान हात पार्ने टोलीले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गर्नेछ । तर आजको खेलले नेपालले अबका सबै चार खेल जित्न पर्ने हुन्छ भने हंगकंग लगायत अन्य टोलीले पनि एक भन्दा बढी खेलमा हारको सामना गर्न पर्ने हुन्छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनायो भने १०५ रनको लक्ष्य चार विकेट गुमाएर १७ दशमलब छ ओभरमा नै पार गर्यो ।
हंगकंगको जितमा ओपनर मारिको हिलले अविजित रहँदै ४२ बलमा सर्वाधिक ४४ रनको पारी खेलिन् ।
नेपालको तर्फबाट कविता कुँवर, सिता राना मगर र सबनम राईले समान १-१ विकेट हात पारे ।
यस अघि खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा नेपालले १०४ रन बनाउन सफल भयो ।
पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।
सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए ।
नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् ।
हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
नेपालले अब आफ्नो दोश्रो खेलमा भोली भुटानको सामना गर्नेछ ।
Women T20 World Cup Qualfiers
सुस्त सुरुवातका बाबजुद सिता र इन्दुको ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल
Published
3 years agoon
November 22, 2021By
wesportzदुबईमा आजबाट सुरु भएको आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो नेपालमा नेपालले हंगकंगलाई १०५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।
खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनाउन सफल भयो ।
पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।
सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए ।
नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् ।
हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Women T20 World Cup Qualfiers
मिसन वर्ल्डकप : पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै नेपालको ऐतिहासिक क्लिन-स्विप
Published
3 years agoon
November 18, 2021By
wesportzउपकप्तान तथा ओपनर सिता राना मगरको अविजित अर्धशतक तथा फिल्डरहरुको उत्कृष्ट फिल्डिङमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै क्लिन स्विप गर्न सफल भएको छ ।
कतारसँगको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १०९ रनको फराकिलो जित दर्ता गराएको नेपालले तीन खेलको शृंखला ३-० ले आफ्नो पोल्टामा पारेको हो ।
पहिलो खेलमा कतार माथि किर्तिमानी ११९ रनको फराकिलो जित हात पारेको नेपालले दोश्रो खेलमा पनि ६१ रनको जित आत्मसाथ गरेको थियो ।
सिताले अविजित रहँदै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत पहिलो तथा नेपालको तेश्रो अर्धशतक प्रहार गर्दा ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले तीन विकेट गुमाएर १६४ रनको किर्तिमानी योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको कतारले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ५५ रन मात्र जोड्न सक्यो ।
नेपालको तर्फबाट सर्वाधिक ८२ रन बनाएकी सिताले ७२ बलको सामना गर्दै सात चौका प्रहार गरिन् । सिता बाहेक ओपनर काजल श्रेष्ठ सात, ज्योति पाण्डे २४ तथा डली भट्ट १२ रन बनाएर आउट भए भने सरिता मगरले अविजित रहँदै १७ रनको योगदान दिइन् ।
कतारको पारीमा अलिना खानले सर्वाधिक १९ तथा कप्तान आयशाले १३ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका बलरहरुमा सबनम राईले दुई ओभरमा दुई रन खर्चिएर तथा सरस्वती कुमारी र कप्तान रुबिना क्षेत्रीले क्रमश नौ र १० रन खर्चिएर समान १-१ विकेट हात पारे । नेपाल चार विकेट रन आउटका रुपमा पाएको हो ।
बलिङ तर्फ कतारका एन्जेलिन मरे, साची धड्वाल र आयेशाले समान १-१ विकेट हात पारे ।