Connect with us

Headline

ओलम्पिक्सलाई पनि छायांमा पारेको मेस्सीको बार्सा बहिर्गमन

Published

on

जारी ओलम्पिक्स आफ्नो अन्तिम सप्ताहमा प्रवेश गर्दै गर्दा टोकियोमा शुक्रबार बिहानको प्रमुख समाचार बिश्व खेलकुदको महाकुम्भसंग लिनु दिनु थिएन ।

दुई पक्ष सम्झौतामा आउन नसकेपछि मेस्सीले बार्सिलोना छोड्न गइरहेको तर्फ सबैको ध्यान केन्द्रित थियो । खेलकुदको सबैभन्दा ठूलो सुपरस्टार नै ओलम्पिक्स जस्तो ठूलो कुरालाई छायामा पार्न सक्छन् त्यो पनि ओलम्पिक्स चलिरहेकै समयमा ।

यो एउटा हलचल पैदान गर्ने ऐतिहासिक र स्तब्धपूर्ण समाचार नै थियो । मेस्सी र बार्सा पछिल्लो १७ सिजन एक अर्काको पर्याय नै बनेर रहेका थि ए । यस दौरान ६ सय ७२ गोल, ६ बालोन डि ओर पुरस्कार, ३४ प्रमुख उपाधि निक्लियो भने टोकियोमा ओलम्पिक्समा चल्दा चल्दै पनि सबैभन्दा माथिल्लो स्थान पाएको कारण तुलनै गर्न नसकिने स्तरमा ख्याती पनि ।

र यो सबै फुटबलमा निकै तनावका बीच भएको ट्रायलपछि नै सम्भव भएको थियो । सेप्टेम्बर १६, २००० मा मेस्सी र उनका बुवा होर्गे अर्जेन्टिनाको रोसारियोबाट स्पेनको बार्सिलोना पुग्दा उनी जम्मा १३ बर्षका थिए ।

यो भ्रमण आशाले भरिएको थियो तर डर र निराशा पनि उत्तिकै थियो । युवा प्रतिस्पर्धाहरुमा एक छत्र राज गर्दै आइरहेका मेस्सी फुटबलका अलौकिक प्रतिभा नै थिए । उनको भविष्य भने अनिश्चित ।

उनीमा उचाई बढाउने हर्मोनमा गडबढी भेट्टाउदा उनको सानो कदको बारेमा सबैलाई ज्ञान भएको थियो । सानो तर बलसंग देखाउने गरेको स्फुर्तिका कारणले नै उनलाई द फ्लि (उपिया) भनिन्थ्यो ।

डक्टरहरुले मेस्सी हदैसम्म चार फिट ११ इन्चसम्म ठूलो हुने आंकलन गरेका थिए ।

उचाईले खासै मतलब नराखेपनि फुटबलमा मेस्सीको जस्तो कौशलले पनि उनलाई रोक्न सक्ने थियो । सुखद समाचार उनको लागि उपचार उपलब्ध थियो । तर दुखद भने यो उपचारको लागि महिनाको १ हजार डलर खर्च गर्नु पर्ने । यो मुल्य मेस्सीको परिवारले तिर्न त सक्थेन नै अर्जेन्टिनाकै व्यवसायिक क्लबहरुले यो मुल्य तिरेर मेस्सीमाथि जुवा खेल्न चाहन्थेन ।

मेस्सीमाथिको लगानीले प्रतिफल दिने बिश्वस्त गराउने हो भने युरोपका ठूलो क्लबले भने यति पैसा खर्च गर्न सक्थ्यो । मेस्सीका बुवा युरोपका शक्तिशाली फुटबल एजेन्ट योसेप मारिया मिन्गुएलाको सम्पर्कमा आए ।

मिन्गुएलालाई त्यो समय अर्जेन्टिनामा मेस्सीले खेलेको भिडियोले मात्र अचम्ममा पारेको थिएन । मेस्सी सुन्तला र टेनिस बललाई पनि कसरी एक चोटी भुइमा नझारी सयौं पटक जगल गर्न सक्छन् भन्ने कुराले अचम्ममा पारेको थियो ।

यसअघि कहिल्यै पनि १३ बर्षियको प्रतिनीधित्व नगरेका मिन्गुएलाका लागि मेस्सीको केस भने फरक थियो । उनले स्पेनी महारथी बार्सिलोनालाई क्लबको युवा एकेडेमी ला मासियाका लागि प्रयास गर्न मनाएका थिए । ला मासिया यस्तो एकेडेमी हो जहां युवा प्रतिभा बस्छन्, खेल्छन् र पछि क्लबको मुख्य टोलीलाई प्रतिनीधित्व गर्छन् ।

यो एउटा ट्रायल थियो । र शायद ट्रायल भन्दा बढी हुन गइरहेको थियो ।

मेस्सीलाई आफ्नै उमेरका उत्कृष्ट स्पेनिस खेलाडीहरु भन्दा राम्रो रहेको प्रशिक्षकहरुलाई साबित गरेर मात्रै पुग्ने थिएन । उनी आफू भविष्यका लागि नै बिछट्टै राम्रोप्रतिभा रहेको र यसका लागि क्लब व्यवस्थापन उनको बुवालाई बार्सिलोनामा एउटा अपार्टमेन्ट, वर्क भिजा, जागिर र उनको उपचारको खर्च व्यहोर्न सक्ने सम्म राजी गर्नु पर्ने थियो ।

र यो सबै कुरा एक यस्तो १३ बर्षिय बच्चाको लागि थियो जसको उपचारले काम गर्नेछ भन्ने ग्यारेन्टी पनि थिएन । उपचारदेखि प्रदर्शनसम्म मेस्सीको लागि गलतीको कुनै ठांउ नै थिए । सबै कुरा शत प्रतिशत हुनु पर्ने थियो ।

टिममा पर्नै पर्ने बाहेक अर्को बिल्प मेस्सीलाई थिएन । हरेक हप्ता मेस्सीले औषधी नलिने हो भने उनको उचाई बढ्ने सम्भावना क्षीण हुंदै जाने थियो । अर्जेन्टिना फर्कनु उनको करिअरको समाप्ति नभएपनि यसले के असर गर्न सक्थ्यो त्यो अहिले सबैलाई थाहा भइसकेको कुरा हो । र यदि बार्साले नलिएको बच्चा भन्ने समाचार बाहिर आएको भए अरुले क्लबहरुले उनलाई लिएर जुवा खेल्ने कुरै थिएन ।

लियोनल मेस्सी बिश्वकै महान खेलाडी बन्ने नबन्ने कुरा त्यही एउटा ट्रायलमा निर्भर थियो । अहिले हुंदैन भने कहिल्यै पनि हुंदैन जस्तो । जब मैदानमा मेस्सी ट्रायलका लागि उत्रिए खेलाडीहरुले कानेखुशी गर्दै उनको खिल्ली उडाउन थाले । “यो बच्चा अर्जेन्टिनादेखि यहांसम्म आएको हो ?,” मेस्सीले सुने ।

“उनी यति सानो र यति दुब्ला थिए की हामी उनलाई खान्छौं जस्तो लागेको थियो,” ट्रायलमा संगै रहेका खेलाडी मार्क पेद्राजाले धेरै बर्षपछि यसको खुलासा गरेका थिए ।

ट्रायलमा खेल शुरु भएपछि मेस्सीले त्यही गरे जुन उनी अबको दुई दशक बार्सिलोनामा गर्न गइरहेका थिए । सबै खेलाडीहरुबीचबाट ड्रिब्लिंग गर्दै लाने र गोल गर्ने । ट्रायलमै मेस्सीले पांच गोल गरिदिए ।

“जब उनले बल छोए हामीले थाहा पायौं उनी त अद्वितीय रहेछन् भनेर । उनीबाट बल खोस्नु असम्भव नै थियो,” पेद्राजा भन्छन् ।

मैदानमा रहेका स्काउट र प्रशिक्षकहरुले आखा अगाडी देखेको कुरा पत्याइरहकै थिएनन् । “के उनी साच्चै १३ बर्षका हुन् ? के उनी यति राम्रा छन् ? के हाम्रो आंखाले धोका त दिइरहेको छैन ?” यस्तै प्रश्न उनीहरुको मनमा खेलिरहेको थियो ।

त्यसपछि क्लबका प्राविधिक निर्देशक कार्लेस रेक्साचका लागि अर्को ट्रायलको तैयारी गरियो । रोक्साच त्यो समय फुटबलका यस्ता प्रभावशाली मान्छे थिए जसले मेस्सीका लागि सबै कुरा तैयार पारिदिन सक्थे ।

ट्रायलको यो अवधारणा नै अचम्मको थियो । अरु कुनै देशका निम्न तहका फुटबलरले सबैभन्दा कडा व्यवस्थापक अगाडी खेलेर देखाउनु परेको जस्तो । रेक्साचलाई प्रशिक्षकहरुले मेस्सीको बारेमा बताएको कुरामा अविश्वास थियो । उनी ट्रायलमा घम्सा घम्सी शुरु नहुञ्जेल देखा परेनन् ।

रेक्साच अन्य स्काउट र प्रशिक्षकहरु भएतर्फ बसे । मैदानमा जब उनले खेल हेरे रेक्साचको आखा टाउकोबाट बाहिर निक्लियो । मेस्सी एक्लै रेक्साचको सिंगो एकेडेमी टिमलाई नचाइरहेका थिए । उनको जस्तो फुटवर्क, बल माथिको नियन्त्रण, गति, दिशा बदल्ने क्षमता रेक्साचले पछिल्लो एक दशकमै नदेखेको किसिमको थियो ।

मैदानको अर्को तर्फ प्रशिक्ष्ँकहरु कहां पुगुञ्जेल उनले मेस्सीको खेल केही मिनेटका लागि मात्र हेरेका थिए । तर निर्णय भने भइसकेको थियो । उनले पर्याप्त देखिसकेका थिए र प्रशिक्षकहरुका लागि एक मेसेज लिएर गए ।

अपार्टमेन्ट ? उपचार ? पैसा ? वर्क भिजा ? अर्जेन्टिनाको सानो शहरबाट आएका १३ बर्षिय बच्चका लागि लिइनु पर्ने रिस्क ? “खेल रोक,” रेक्साचले प्रशिक्षकहरुलाई भने । “यसलाई अनुबन्ध गर्दा हुन्छ ।”

फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट ट्रायलको रुपमा लिइने गरेको यो ट्रायल पछि मेस्सीले त्यो उपचार पाए जसले गर्दा उनी पांच फिट ७ इन्चसम्म बढे । र यो ट्रायलले बार्सिलोनालाई यस्तो मेगास्टार दियो जसले २१ बर्षपछि क्लब छोड्दा खेलकुद बिश्वलाई नै रोकिदियो ।

टोकियोमा ओलम्पिक्स चलिरहेको स्थितिमा पनि ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

 

Continue Reading
Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!