Euro 2020
‘इंगल्याण्डले अब डाइभिंगमा अरुलाई लेक्चर दिन बन्द गर्दा हुन्छ’
Published
4 years agoon
By
wesportz१९६६ पछि पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गरेको इंगल्याण्ड यस पटकको युरो कप उपलब्धिलाई लिएर मख्ख छ । तर इंगल्याण्ड बाहिर भने रहिम स्टर्लिंगले पेनाल्टी जित्नलाई अपनाएको रणनीतिलाई लिएर सर्वत्र ओलोचना भएको छ ।
बुधबारको सेमिफाइनलको अतिरिक्त समयमा इंगल्याण्डले त्यही पेनाल्टीको मद्दतमा डेनमार्कलाई २-१ ले पराजित गर्यो । डेनिस समर्थकहरुको साथ दिदै पेनाल्टी लिने रणनीतिलाई लिएर इंगल्याण्डको आलोचना गर्ने अन्तर्राष्ट्रिय मिडिया र फुटबल बिश्लेषकहरुको सुची लामै छ ।
कसैले भने स्टर्लिंग डि बक्स भित्रै थोरै टचमा नै लड्नु डाइभिंगलाई लिएर इंगल्याण्डको धारणालाई पाखण्ड भन्दै आलोचना गरिरहेका छन् ।
“उनीहरु (इंगल्याण्ड) एक बिदेशी खेलाडीले डाइभ गर्दै रेफ्रिको आखामा छारो हाल्न खोज्नु निकै नराम्रो भएको बताउदै आइरहेका छन् । इंगलिस फुटबलमा यो हुदैन । तर युरो कपको सेमिफाइनलमा भने हुन्छ,” स्पेनिस पत्रिका मार्काले लेखेको छ । “इंगलिस फुटबलले अब महादेशका अन्य देशहरुलाई डाइभिंगको बारे लेक्चर दिन बन्द गर्दा राम्रो हुन्छ ।”
इंगलिस प्रिमियर लिगमा पनि डाइभिंगको आरोप लागेका स्टर्लिंग डेनिस डिफेन्डर याओकिम माहेले संगको सामान्य टचमै लडेका थिए । डच रेफ्री ड्यानी माकिलीले पेनाल्टी स्पटतर्फ औला तेस्र्याए र भिडियो असिस्टेन्ट रेफ्रिसंगको छोटो संवादमै आफ्नो निर्णयलाई सदर गरेका थिए ।
सेमिफाइनल जस्तो खेलमा माकिलीले मैदानमै हुने गरेको मोनिटरमा आफै रिप्ले हेर्न आवश्यक ठानेनन् । ह्यारी केनको प्रहारलाई डेनिस गोलकिपर क्यास्पर स्माइकलले बचाएपनि रिबाउण्डमा इंगल्याण्ड कप्तानले गोल गरेका थिए ।
निकै घटिया
“यो मेरो लागि सफ्ट पेनाल्टी थियो । युरो सेमिफाइनल जस्तो खेलका लागि निकै घटिया,” २०१२ र २०१६ को युरोमा खेल सञ्चालन गरेका पुर्व स्विडिस रेफ्रि योनास एरिक्सनले भने । “भारले रेफ्रिलाई केही नभनेकोमा म अचम्मित छु र रिस पनि उठेको छ । यो त कुन टिम फाइनल पुग्ने निर्णय पो हुदै थियो ।”
रोमा व्यवस्थापक होजे माउरिन्होले टकस्पोर्टलाई दिइएको अन्तर्वार्तामा उत्कृष्ट टिमले जितेर आफू इंगल्याण्डको लागि खुशी भएको बताएका पनि आफ्नो लागि त्यो पेनाल्टी नरहेको बताए । बिवादास्पद पेनाल्टी बाहेक डेनमार्कलाई निराश बनाउने अन्य घटनाहरु पनि खेलमा भएका थिए ।
स्टर्लिंग पेनाल्टी एरियामा प्रवेश गर्दा मैदानमा अर्को बल देखिएको थियो र नियमानुसार यस्तो परिस्थितिमा खेल रोकिने गर्छ । केनको पेनाल्टीको सामना गर्न तैयार भैरहदा एक इंगल्याण्ड समर्थकले स्माइकलको मुखलमा लेजर लाइट तेस्र्याएका थिए ।
“उनीहरुले जानाजन डाइभ गरेपछि प्राप्त पेनाल्टीबाट खेल जित्न सफल भए । इंगल्याण्डले लामो समयदेखि आफुलाई फेयर प्लेको घर र डाइभिंग नगर्ने फुटबल देश भन्दै गर्व गर्दै आएको छ,” पुर्व जर्मन फुटबलर तथा फुटबल पण्डित डिटमर हमनले भने ।
इंगल्याण्डको बिवादास्पद पेनाल्टीलाई लिएर अन्य दुई फुटबल पावरहाउस फ्रान्स र इटालीका सञ्चार माध्यमहरुले पनि निकै आलोचना गरेका छन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Euro 2020
युभेन्टस छोड्ने मुडमा छैनन सुपरस्टार रोनाल्डो
Published
3 years agoon
July 15, 2021By
wesportzयुरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् ।
क्लबका निर्देशक तथा पुर्व चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले रोनाल्डोले क्लबमै रहने अथवा छोड्ने बिषयमा कुनै जानकारी नगराएको र यसै महिनाको अन्तिम साता टुरिनमा प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका हुन् ।
“क्रिष्चियानो अहिले छुट्टी मनाइरहेका छन् । उनी छोड्ने बिषयमा उनको टोलीले केही भनेको छैन र पुर्व निर्धारित तालिका अनुसार नै उनी अब जुलाई २५ मा प्रशिक्षणमा सहभागी हुनेछन्,” युभेन्टसको २०२१-२२ सिजनको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नेदभेदले भने ।
३६ बर्षको उमेरमा पनि युरो कपमा स्थापित युवा अनुहारहरुलाई पछि पार्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससंगको सम्झौतमा अझै एक बर्ष बाकी रहेको छ ।
सिरी उपाधिमा ९ बर्षपछि पहिलो पटक आफ्नो नियन्त्रण गुमाउनुका साथै गत बर्षको च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएको युभेन्टस यो सिजनको युरोपियन प्रतियोगिताका लागि पनि मुस्किलले स्थान बनाएपछि रोनाल्डोभविष्य अनिश्चित रहन पुगेको थियो ।
प्रशिक्षक मासिमिलियानो एलेग्रिको पुनरागमनमा युभेन्सटले सिजनको आफ्नो पहिलो खेल युडिनेजी बिरुद्ध खेल्नेछ ।
“एलेग्रिलाई लिएर हाम्रो पांच बर्षको निश्चित कार्य तालिका थियो । त्यसपछि उनी दुई बर्ष छुट्टीमा गएका थिए । अब नयां उर्जा सहित उनी टोलीमा फर्कदैछन्,” नेदभेदले भने ।
Euro 2020
युरो कप फाइनलका पोर्चुगिज हिरो कसरी बने बेरोजगार ?
Published
4 years agoon
July 14, 2021By
wesportz२०१६ को गर्मिमा एडर पोर्चुगलका राष्ट्रिय हिरो थिए । सब्स्टिच्युटको रुपमा बेञ्चबाट आउदै उनले अतिरिक्त समयमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताएका थिए ।
स्टाड डि फ्रान्समा घरेलु टोलीबिरुद्ध भएको फाइनलमा हाल ३३ बर्षपुगिसकेका एडर रेनातो सान्चेजको स्थानमा ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
सुपरस्टार क्रिष्चियानो रोनाल्डो चोटका कारण मैदानबाट खेलको शुरुवातमै बाहिरिएको स्थितिको पूर्ण फाइदा उठाउदै ११ मिनेट बाकी रहदा एडरले गोल गरेपछि उनी पोर्चुगलमा एका एक हिरो बने । सबैले रोनाल्डो, रोनाल्डो भनिरहदा पोर्चुगलले अनपेक्षित हिरो पाउदा झनै धेरै उत्साहित भएका थिए ।
तर पांच बर्षयता आइपुग्दा आइतबार वेम्ब्लीमा इटाली र इंगल्याण्ड युरो कपको उपाधिका लागि भिड्नु अघि ट्रफि लिएर आएका एडर सबैले बिर्सिएका हिरो भइसकेका छन् ।
कति पयको लागि एडरको मुहारमा देखिएको निराशा स्पष्ट रुपमा नै ध्यानमा आएको थियो । तर एडर आफ्नै लागि भने ६५ हजार दर्शक रहेको वेम्ब्लीमा ट्रफि लिएर हिड्दा आफ्नो असफलताको बयान गर्दै थियो ।
२०१६ को उक्त ऐतिहासिक रात पछि के भयो त एडरको जीवनमा ?
पोर्चुगिज महारथी ब्रागाबाट एडर युरो कपको ठ्याक्कै एक बर्ष अगाडी ५ मिलियन पाउण्डमा इंग्लिस प्रिमियर लिग टोली स्वान्सेसंग अनुबन्धित भएका थिए । तर पहिलो १५ खेलमा गोल गर्न चुकेपछि बाकी सिजनका लागि उनलाई लोनमा फ्रेञ् च लिग वान टोली लिल पठाइयो ।
लिलका लागि १३ खेलमा ६ गोल गरेपछि उनी रोनाल्डो, नानी र साञ्चेजसंगै पोर्चुगलको युरो कप टोली अटाए । ३-३ गोल गरेपछि रोनाल्डो र नानी पोर्चुगलको युरो अभियानको दुई मुख्य खेलाडी रहे। नकआउटमा पोल्याण्ड र वेल्सलाई हराएपछि पोर्चुगलले फ्रान्ससंगको भिडन्त पक्क गर्यो ।
पहिलो उपाधि पछ्याइरहेको एडर उक्त युरोलाई आफ्नो ब्रेकथ्रु प्रतियोगिता बनाएका सान्चेजको स्थानमा ८० औं मिनेटमा प्रवेश गरे । अतिरिक्त समयमा मात्र ११ मिनेट रहेको स्थितिमा एडरले अविश्वसनीय रुपमा प्रतियोगिताको पहिलो र एक मात्र गोल गरे ।
फ्रान्स गोल फर्काउन असफल रहेपनि पोर्चुगल पहिलो पटक उपाधि जित्न सपल रह्यो ।
एडरको नायकत्वको अपेक्षा गर्दै फ्रान्समा उनको लोन मुभलाई नयां सिजनका लागि स्थायी बनाइयो । तर ३१ लिग वान खेलमा मात्र ६ गोल गरेपछि लिलले पनि उनलाई रसियन प्रिमियर लिग क्लब लोकोमोटिभ मस्कोमा लोनमा पठायो ।
एक बर्षपछि लोकोमोटिभ मस्कोले उनको लोन मुभलाई स्थायी बनायो ।
२०१६ को युरोको हिरो रहनुका साथै पछिल्लो एक बर्ष रुसमै बिताएपनि एडर रुसमै हुन गइरहेको बिश्वपका लागि पोर्चुगिज टोलीमा अटाएनन् ।
गत सिजनसम्म लोकोमोटिभमै बिताएका एडरले आफू खेलेका ९ खेलमा गोल गर्न असफल रहे । उनले चार सिजन बिताउदा रुसी टोलीका लागि ७२ खेलमा जम्मा ९ गोलमात्र गरे ।
लोकोमोटिभले उनलाई रिलिज गरेपछि उनी अहिले भने बेरोजगार भएका छन् । आफू युरोपको प्रमुख खेलाडीको रुपमा धेरै दिन सक्ने साबित गर्न उनी मौका कुरिरहेका छन् ।
एडर वेम्ब्लीमा झल्कदा उनी उपलब्ध रहेको बिषयमा धेरै व्यवस्थापकहरु जानकार पनि भएका होलान् ।
यद्दपि एडर बेरोजगारीको पहिलो दिनहरुमा मात्रै छन् । पुर्व इंगल्याण्ड स्टार ड्यानियल स्टरिज अहिले यसैसिजन ला लिगामा बढुवा भएको स्पेनिस टोली रियल मायोर्कासंग प्रशिक्षण गर्दैछन् ।
मार्च२०२० मा टर्किस टोली ट्राब्जन्सपोरले पनि साथ छोडेपछि उनी डेढ बर्ष भन्दा क्लबबिहिन बन्न पुगे । एडर आफू त्यति लामो समय बेरोजगार रहनु नपर्ने आशा गरिरहेका छन् ।
उनलाई लिएर अर्को प्रिमियर लिग क्लब ब्राइटन केही सकारात्मक रहेको हल्ला मार्चमा चलेको थियो ।
पेनाल्टी सुटआउटमा तीन खेलाडी चुक्दा इग्ल्याण्डको युरोकप उपाधि जित्ने सपना अधुरै रह्यो । इटालीसँग ३–२ गोल अन्तरले पराजित भएसँगै पहिलो पटक युरो कपको उपाधि जित्ने इग्ल्याण्डको सपनामा तुसारापात भयो ।
६० हजार दर्शक सहभागी घरेलु मैदानमा इंग्ल्याण्डले सुरूवाती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो ।
पेनाल्टी प्रहार गरेका पाँच खेलाडी मध्ये ह्यारी केन र ह्यारी मग्वाएरको प्रहारले मात्रै जाली चुमेको थियो । पेनाल्टी सुट कै लागि अतिरिक्त समयमा मैदान प्रवेश गरेका मार्कस राषफोर्डको प्रहार बारमा लागेर बाहिरियो । जाेडान सान्चो र साका बाकुयोको प्रहार इटालीका गोल रक्षकले रोके । इटालीका आन्द्रे बेलोट्टी र जोर्गिन्हो प्रहार इग्ल्याण्डका गोल रक्षकले रोकेका थिए । र इटालीले ५३ औँ वर्ष पछी युरो जित्यो ।
तर, युरो २०२० को उपाधी बाहेक व्यक्तिगत अवार्डमा कस्ले के-के जिते ?
टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी-गियालुइगी डोन्नारुम्मा
इटालीका गोलरक्षक डोन्नारुम्माले प्रतियोगितामा चार गोल मात्रै खाए । उनले युरोमा शानदार प्रदर्शन गरे । फाइनलमा पेनाल्टी पनि बचाए । २२ वर्षिय डोन्नारुम्मा टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
गोल्डन बुट – क्रिस्टियानो रोनाल्डो
यूरोपीयन च्याम्पियनशिपको इतिहासमा सर्वाधिक गोलकर्ता क्रिष्चियानो रोनाल्डोले युरो २०२० मा अर्को उपलब्धी हात पारे । गोल्डेन बुट जितेका रोनाल्डोले पाँच गोल गरेका थिए । दोस्रो स्थानमा रहेका चेक रिपब्लिकका प्याट्रिक सिचको पाँच गोल रहे पनि उनले धेरै समय खेलेका कारण गोल्डेन बुट जित्न बाट चुक्न पुगे ।
टूर्नामेन्टका युवा प्लेयर – पेद्री
१८ वर्षिय पेद्रीको प्रदर्शन निकै तारिफ योग्य थियो । पेद्रीले स्पेनको टोलीबाट राम्रा मात्रै खेलेनन् सबै फुटबल समर्थकहरुको ध्यान तान्न पनि सफल भए र उनी युरोका युवा खेलाडी घोषित भए ।
फाइनलको स्टार – लियोनार्डो बोनुची
अनुभवी डिफेन्डर लियोनार्डो बोनुचिलाई युरो २०२० फाइनलमा डिफेन्डमा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द मैच घोषित गरियो साथै उनले दोस्रो हाफमा गरेको गोलका कारण इटालीले पेनाल्टी सम्म खेल पुर्याएको थियो ।