अष्ट्रेलियाले गर्ने वेस्ट इन्डिज र बंगलादेश भ्रमणमा सात ठूला खेलाडीहरू नखेल्ने भएका हुन् ।
अष्ट्रेलियन क्रिकेट बोर्डले आज सार्वजनिक गरेको नाममा डेभिड वार्नर, प्याट कमिन्स, ग्लेन म्याक्सवेल, झे रिचर्डसन, केन रिचर्डसन र मार्कस स्टोइनिसले दुई भ्रमणबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनीहरूले व्यक्तिगत कारण देखाउँदै भ्रमण नगर्ने जनाएका हुन् ।
त्यस्तै पूर्व कप्तान स्टिभ स्मिथ पनि अष्ट्रेलिया टोलीसँग उक्त भ्रमणमा रहने छैनन् । उनले भने कुहिनो चोटका कारण भ्रमण गर्न नसेका हुन् ।
१८ सदस्यीय टोलीमा एडिलेड स्ट्राइकर्सका तिब्र गतिका बलर वेस अगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।
यस अघि न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा टोलीमा नरहेका दुई अनुभवी बलरहरू जश हेजलउड र मिचेल स्टार्क राष्ट्रिय टोलीमा फर्किएका छन् ।
अष्ट्रेलियाले जुन २८ मा वेस्ट इन्डिजको भ्रमण गर्नेछ । वेस्ट इन्डिजको भ्रमणका क्रममा उसले पाँच ट्वान्टी ट्वान्टी र तीन एकदिवसीय र त्यस पछि अगष्ट दुई देखि १० मा बंगलादेश भ्रमणका क्रममा पाँच ट्वान्टी ट्वान्टी खेल खेल्ने छ ।
अष्ट्रेलिया टोली – आरोन फिन्च (कप्तान), एश्टन अगर, वेस अगर, जासोन बेहरनडर्फ, एलेक्स क्यारी, ड्यान क्रिस्टियन, जश हेजलउड, मोइसेस हेनरिक्स, मिचेल मार्श, रिले मेरेडिथ, बेन म्याकडेर्मोट, जश फिलिप्पे, मिचेल स्टार्क, मिचेल स्वेपसन, एश्टन टनर, एन्ड्रयु टाइ, म्याथ्यु वेड र एडम जाम्पा