Euro 2020
फ्रान्सेस्को एसर्बीः क्यान्सरसँग संघर्ष देखि युरो कपमा इटालीको डिफेन्सको खम्बा
Published
4 years agoon
By
wesportzसन् २०१४ को शुरुवातमा फ्रान्सेस्को एसर्बीले सासुलोबाट खेल्दै गर्दा फुटबल त्याग्न पर्यो । कारण थियो क्यान्सर ।
अण्डकोषमा क्यान्सर देखिएपछि उनले किमोथरपी गराउनु पर्ने भयो र यसले उनको दुनियालाई नै परिवर्तन गरिदियो ।
किमो गर्दै गर्दा २६ वर्षको उमेरमा उनको दिनचर्या अचम्मको बन्यो । उनी बिहान किमो गर्दथे भने अपरान्ह टिभीमा आफ्नो मनपर्ने कार्यक्रम हेर्थे । केही समय सुतेपछि उनी नाइट क्लबमा पार्टी गर्न जान्थे, कहिले काही भोलि पल्ट बिहान ७ बजेसम्म ।
यो पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले शायद आफ्नो सपना पनि सोच्न नसक्ने दिनचर्या थियो ।
त्यस समय उनको खाना थियो टुना र प्याज भएको पिज्जा । किमोको असरका कारण उनलाई अन्य खानामा स्वाद नै लाग्दैन थियो । उनले एक पटक किमो दिँदाको आफ्नो अनुभव सुनाएका थिए: “खानाको स्वाद यति नमिठो हुन्थ्यो कि म धेरै पटक खाना खान पनि सक्दिन थिए । निन्द्रा पनि लाग्दैन्थ्यो । निन्द्रा नलागेर मैले धेरै रात नसुती बिताएको थिए ।”
तर क्यान्सर भएको एक वर्ष पछि सबै कुरा परिवर्तन भयो । उनी एक दिन निन्द्राबाट उठ्दा आतंकित बने । भयभित हुन थाले । डरको बीच अचानक उनले आफ्नो जीवनको बारेमा सोच्न थाले । आफूले आफ्नो परिवारलाई वास्ता नगरेको, पाएको अवसरहरू गुमाएको र रातभर क्लबमा बिताएको कुरा सम्झँदा उनलाई ग्लानि महसुस हुन थाल्यो ।
“त्यस दिन मलाई आफ्नै छायाँ देखि पनि डर लागेको थियो,” एसर्बीले सम्झिए । “मैले अब आफ्नो बानी सुधार्न र राम्रो गर्ने निर्णय गरे । त्यस दिन देखि मैले मेरो थेरापिस्टसँग काम गर्न सुरु गरे । उनले पनि मेरो राम्रो हेरचाह गर्दै मलाई धेरै सहयोग गरे ।”
क्यान्सर भएको सात वर्ष पछि एसर्बी पहिलो पटक इटालीको जर्सीमा युरोपियन च्याम्पियनसिप खेल्दै छन् । ३३ वर्षको उमेरमा उनी अहिले इटालीका सबैभन्दा राम्रा सेन्ट्रल डिफेन्डर हुन् र प्रशिक्षक रोबर्टो मान्सिनीको भाषामा भन्ने हो भने इटालियन टोलीका खम्बा ।
यसै महिनाको दोश्रो साताबाट सुरु हुन लागेको युरो कपमा एसर्बी लियोनार्डो बोनुची, जर्जियो चिलिनी र आलेसान्द्रो बास्टोनीसँगै इटालियन किपर जियानलुइगी बुफोनका लागि पर्खालका रुपमा रहने छन् । अहिले उनी आफूले सोचे अनुसारको जीवन जिउँदै छन् तर यो यात्रा उनको लागि निकै उतार चढाबपूर्ण रह्यो ।
एसर्बी इटालीका अन्य बच्चाहरु जस्तै मिलानको फुटबल वातावरणमा हुर्किएका हुन् । १४ वर्षको उमेरमा अन्य साथीहरुसँगै उनले अमेच्योर फुटबल खेल्नका लागि एट्लेटिको सिभेसियो छाडे । त्यसको ६ वर्ष पछि उनले इटालीको चौथों श्रेणीको क्लबमा पहिलो सम्झौता गरे । २२ वर्षको उमेर पुग्दा उनी सिरी बि मा थिए । एक वर्ष पनि बित्न नपाउँदै उनले चिएभोको लागि सिरी आ मा पहिलो खेल खेले ।
“मैले फुटबल मेरो लागि भन्दा पनि मेरो बुवाको लागि खेलेको हो,” उनले एक अन्तरवार्ताका क्रममा भनेका थिए । “मेरो बुवासँग सम्बन्ध राम्रो थिएन । माया र घृणा मिश्रित । उनी मलाई सधैं चुनौती दिन्थे । सन् २०११ मा जब मैले जेनोआसँग सम्झौता गरे मैले मेरो सम्झौताको कागज उनको अनुहारमा लगेर फालेको थिए ।”
एसर्बीका बुवा मुटुका रोगी थिए । सात पटक हृदयघातबाट बचेका उनको एसर्बी मिलानमा अनुबन्ध हुनु चार महिना अघि २०१२ मा मृत्यु भएको थियो । “म सधै उनले दिने चुनौतिको अभाव महसुस गर्छु,” बुवाको मृत्यु भएको लामो समय पछि एसर्बीले भनेका थिए ।
फुटबल खेल्दै गरे पनि उनको बानी भने राम्रो थिएन । उनी आफ्नो खेललाई लिएर गम्भिर थिएनन् । “मैले आलेसान्द्रो नेस्टाको १३ नम्बरको जर्सी लगाउँथे तर अभ्यास गर्न भन्दा पनि पार्टी गर्न र रमाइलो गर्नमा नै समय बिताउँथे । म रक्सी जे जति पनि खाइदिन्थे । मैले फुटबल छाड्ने सम्म पनि सोचेको थिए । तर क्यान्सरले मलाई नयाँ जीवन दियो । म भगवानलाई यसका लागि धन्यवाद भन्न चाहन्छु ।”
सन् २०१३ को सिजन सुरु हुनु अघि गरिएको परिक्षणमा एसर्बीको अण्डकोशमा क्यान्सर भेटिएको थियो । चिकित्सकहरुले शल्यक्रिया गर्दै उनको ट्युमर पनि निकालेका थिए । तर क्यान्सर फेरी बल्झियो । त्यस पछि उनले किमोथेरापी सुरु गरे ।
“त्यस समय मलाई केही कुराको पनि डर थिएन । मलाई अचम्म पनि लाग्दथ्यो किन क्यान्सरले पनि म मा परिवर्तन गर्न सकेन भनेर,” उनले भने । “तर एक दिन यो सबै कुरामा परिवर्तन आयो । एक दिन दिउंस म सुतेको थिए । एउटा भयानक र अचम्म खालको सपना देखें । मेरो सपनामा मेरो बुवा र भगवान जो एकै थिए उनले मलाई सुध्रन घच्घचाए । म अचानक ब्युझिए र निकै रोएँ । मलाई क्यान्सर हुनु नै मेरो लागि सुवर्ण अवसर हो भन्ने लाग्यो । मैले फेरी लड्न पर्ने थियो क्यान्सरसँग ।”
“त्यस दिन पछि मेरो जीवनमा पुरै परिवर्तन आयो । रातभर रक्सीको नशामा बारमा बिताउने गर्ने बानी छाडे । मैले आफ्नो समय अभ्यास र घरमा नै बसेर बिताउन थाले । रक्सी पूर्ण रुपमा छोडिदिए । पानी, तरकारी, फलफुल मेरो खाना बन्न थाल्यो । सबै कुरा राम्रो हुँदै आयो ।”
सन् २०१५ को अक्टोबर देखि सन् २०१९ को जनवरी सम्म एसर्बीले लगातार १४९ खेल खेले, न बिश्राम, न निलम्बन न त कुनै चोट, त्यो पनि तीन वर्ष भन्दा अलिकती बढी समयमा ।
उनलाई इङ्गलिस क्लब लेस्टर सिटीले पनि अनुबन्ध गर्ने प्रस्ताब गरेको थियो । तर उनले अस्विकार गरे । उनी आफुलाई दुख पर्दा सधैं साथ दिने तथा आफ्नो परिवार जस्तै रहेको क्लब सासुलो छाड्न चाहँदैनथे ।
अहिले उनी धेरै जसो समय फरक क्षमता भएका व्यक्तिहरुका साथै क्यान्सर पिडित बालबालिकाहरुसँग बिताउने गर्दछन् । बिहिबारको दिन उनी फरक क्षमता भएका कामदारहरुलाई उनीहरुको सहयोग गर्दछन् ।
एसर्बीको जीवनमा चुनौतीको पहाड भने कम भएको छैन । सन् २०१६ मा फ्रान्समा भएको युरोकप अघि उनको दुईवटा चाहना थियो – एउटा युरो खेल्ने र अर्को आफ्नो प्रेमिकासँग विवाह गर्ने । तर त्यस समयका प्रशिक्षक एन्टोनियो कोन्टेले उनको सपना चकनाचुर पारिदिए ।
उनलाई कोन्टेले युरोका लागि इटालीको टोलीमा स्थान दिएनन् भने प्रेमिकासँगको उनको सम्बन्धमा पनि दरार आयो । त्यसको पाँच वर्ष पछि फेरी समय परिवर्तन भएको छ । उनी अहिले युरोको लागि इटालीको टोलीमा स्थान बनाउन सफल भएका छन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Euro 2020
युभेन्टस छोड्ने मुडमा छैनन सुपरस्टार रोनाल्डो
Published
3 years agoon
July 15, 2021By
wesportzयुरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् ।
क्लबका निर्देशक तथा पुर्व चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले रोनाल्डोले क्लबमै रहने अथवा छोड्ने बिषयमा कुनै जानकारी नगराएको र यसै महिनाको अन्तिम साता टुरिनमा प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका हुन् ।
“क्रिष्चियानो अहिले छुट्टी मनाइरहेका छन् । उनी छोड्ने बिषयमा उनको टोलीले केही भनेको छैन र पुर्व निर्धारित तालिका अनुसार नै उनी अब जुलाई २५ मा प्रशिक्षणमा सहभागी हुनेछन्,” युभेन्टसको २०२१-२२ सिजनको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नेदभेदले भने ।
३६ बर्षको उमेरमा पनि युरो कपमा स्थापित युवा अनुहारहरुलाई पछि पार्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससंगको सम्झौतमा अझै एक बर्ष बाकी रहेको छ ।
सिरी उपाधिमा ९ बर्षपछि पहिलो पटक आफ्नो नियन्त्रण गुमाउनुका साथै गत बर्षको च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएको युभेन्टस यो सिजनको युरोपियन प्रतियोगिताका लागि पनि मुस्किलले स्थान बनाएपछि रोनाल्डोभविष्य अनिश्चित रहन पुगेको थियो ।
प्रशिक्षक मासिमिलियानो एलेग्रिको पुनरागमनमा युभेन्सटले सिजनको आफ्नो पहिलो खेल युडिनेजी बिरुद्ध खेल्नेछ ।
“एलेग्रिलाई लिएर हाम्रो पांच बर्षको निश्चित कार्य तालिका थियो । त्यसपछि उनी दुई बर्ष छुट्टीमा गएका थिए । अब नयां उर्जा सहित उनी टोलीमा फर्कदैछन्,” नेदभेदले भने ।
Euro 2020
युरो कप फाइनलका पोर्चुगिज हिरो कसरी बने बेरोजगार ?
Published
4 years agoon
July 14, 2021By
wesportz२०१६ को गर्मिमा एडर पोर्चुगलका राष्ट्रिय हिरो थिए । सब्स्टिच्युटको रुपमा बेञ्चबाट आउदै उनले अतिरिक्त समयमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताएका थिए ।
स्टाड डि फ्रान्समा घरेलु टोलीबिरुद्ध भएको फाइनलमा हाल ३३ बर्षपुगिसकेका एडर रेनातो सान्चेजको स्थानमा ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
सुपरस्टार क्रिष्चियानो रोनाल्डो चोटका कारण मैदानबाट खेलको शुरुवातमै बाहिरिएको स्थितिको पूर्ण फाइदा उठाउदै ११ मिनेट बाकी रहदा एडरले गोल गरेपछि उनी पोर्चुगलमा एका एक हिरो बने । सबैले रोनाल्डो, रोनाल्डो भनिरहदा पोर्चुगलले अनपेक्षित हिरो पाउदा झनै धेरै उत्साहित भएका थिए ।
तर पांच बर्षयता आइपुग्दा आइतबार वेम्ब्लीमा इटाली र इंगल्याण्ड युरो कपको उपाधिका लागि भिड्नु अघि ट्रफि लिएर आएका एडर सबैले बिर्सिएका हिरो भइसकेका छन् ।
कति पयको लागि एडरको मुहारमा देखिएको निराशा स्पष्ट रुपमा नै ध्यानमा आएको थियो । तर एडर आफ्नै लागि भने ६५ हजार दर्शक रहेको वेम्ब्लीमा ट्रफि लिएर हिड्दा आफ्नो असफलताको बयान गर्दै थियो ।
२०१६ को उक्त ऐतिहासिक रात पछि के भयो त एडरको जीवनमा ?
पोर्चुगिज महारथी ब्रागाबाट एडर युरो कपको ठ्याक्कै एक बर्ष अगाडी ५ मिलियन पाउण्डमा इंग्लिस प्रिमियर लिग टोली स्वान्सेसंग अनुबन्धित भएका थिए । तर पहिलो १५ खेलमा गोल गर्न चुकेपछि बाकी सिजनका लागि उनलाई लोनमा फ्रेञ् च लिग वान टोली लिल पठाइयो ।
लिलका लागि १३ खेलमा ६ गोल गरेपछि उनी रोनाल्डो, नानी र साञ्चेजसंगै पोर्चुगलको युरो कप टोली अटाए । ३-३ गोल गरेपछि रोनाल्डो र नानी पोर्चुगलको युरो अभियानको दुई मुख्य खेलाडी रहे। नकआउटमा पोल्याण्ड र वेल्सलाई हराएपछि पोर्चुगलले फ्रान्ससंगको भिडन्त पक्क गर्यो ।
पहिलो उपाधि पछ्याइरहेको एडर उक्त युरोलाई आफ्नो ब्रेकथ्रु प्रतियोगिता बनाएका सान्चेजको स्थानमा ८० औं मिनेटमा प्रवेश गरे । अतिरिक्त समयमा मात्र ११ मिनेट रहेको स्थितिमा एडरले अविश्वसनीय रुपमा प्रतियोगिताको पहिलो र एक मात्र गोल गरे ।
फ्रान्स गोल फर्काउन असफल रहेपनि पोर्चुगल पहिलो पटक उपाधि जित्न सपल रह्यो ।
एडरको नायकत्वको अपेक्षा गर्दै फ्रान्समा उनको लोन मुभलाई नयां सिजनका लागि स्थायी बनाइयो । तर ३१ लिग वान खेलमा मात्र ६ गोल गरेपछि लिलले पनि उनलाई रसियन प्रिमियर लिग क्लब लोकोमोटिभ मस्कोमा लोनमा पठायो ।
एक बर्षपछि लोकोमोटिभ मस्कोले उनको लोन मुभलाई स्थायी बनायो ।
२०१६ को युरोको हिरो रहनुका साथै पछिल्लो एक बर्ष रुसमै बिताएपनि एडर रुसमै हुन गइरहेको बिश्वपका लागि पोर्चुगिज टोलीमा अटाएनन् ।
गत सिजनसम्म लोकोमोटिभमै बिताएका एडरले आफू खेलेका ९ खेलमा गोल गर्न असफल रहे । उनले चार सिजन बिताउदा रुसी टोलीका लागि ७२ खेलमा जम्मा ९ गोलमात्र गरे ।
लोकोमोटिभले उनलाई रिलिज गरेपछि उनी अहिले भने बेरोजगार भएका छन् । आफू युरोपको प्रमुख खेलाडीको रुपमा धेरै दिन सक्ने साबित गर्न उनी मौका कुरिरहेका छन् ।
एडर वेम्ब्लीमा झल्कदा उनी उपलब्ध रहेको बिषयमा धेरै व्यवस्थापकहरु जानकार पनि भएका होलान् ।
यद्दपि एडर बेरोजगारीको पहिलो दिनहरुमा मात्रै छन् । पुर्व इंगल्याण्ड स्टार ड्यानियल स्टरिज अहिले यसैसिजन ला लिगामा बढुवा भएको स्पेनिस टोली रियल मायोर्कासंग प्रशिक्षण गर्दैछन् ।
मार्च२०२० मा टर्किस टोली ट्राब्जन्सपोरले पनि साथ छोडेपछि उनी डेढ बर्ष भन्दा क्लबबिहिन बन्न पुगे । एडर आफू त्यति लामो समय बेरोजगार रहनु नपर्ने आशा गरिरहेका छन् ।
उनलाई लिएर अर्को प्रिमियर लिग क्लब ब्राइटन केही सकारात्मक रहेको हल्ला मार्चमा चलेको थियो ।
पेनाल्टी सुटआउटमा तीन खेलाडी चुक्दा इग्ल्याण्डको युरोकप उपाधि जित्ने सपना अधुरै रह्यो । इटालीसँग ३–२ गोल अन्तरले पराजित भएसँगै पहिलो पटक युरो कपको उपाधि जित्ने इग्ल्याण्डको सपनामा तुसारापात भयो ।
६० हजार दर्शक सहभागी घरेलु मैदानमा इंग्ल्याण्डले सुरूवाती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो ।
पेनाल्टी प्रहार गरेका पाँच खेलाडी मध्ये ह्यारी केन र ह्यारी मग्वाएरको प्रहारले मात्रै जाली चुमेको थियो । पेनाल्टी सुट कै लागि अतिरिक्त समयमा मैदान प्रवेश गरेका मार्कस राषफोर्डको प्रहार बारमा लागेर बाहिरियो । जाेडान सान्चो र साका बाकुयोको प्रहार इटालीका गोल रक्षकले रोके । इटालीका आन्द्रे बेलोट्टी र जोर्गिन्हो प्रहार इग्ल्याण्डका गोल रक्षकले रोकेका थिए । र इटालीले ५३ औँ वर्ष पछी युरो जित्यो ।
तर, युरो २०२० को उपाधी बाहेक व्यक्तिगत अवार्डमा कस्ले के-के जिते ?
टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी-गियालुइगी डोन्नारुम्मा
इटालीका गोलरक्षक डोन्नारुम्माले प्रतियोगितामा चार गोल मात्रै खाए । उनले युरोमा शानदार प्रदर्शन गरे । फाइनलमा पेनाल्टी पनि बचाए । २२ वर्षिय डोन्नारुम्मा टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
गोल्डन बुट – क्रिस्टियानो रोनाल्डो
यूरोपीयन च्याम्पियनशिपको इतिहासमा सर्वाधिक गोलकर्ता क्रिष्चियानो रोनाल्डोले युरो २०२० मा अर्को उपलब्धी हात पारे । गोल्डेन बुट जितेका रोनाल्डोले पाँच गोल गरेका थिए । दोस्रो स्थानमा रहेका चेक रिपब्लिकका प्याट्रिक सिचको पाँच गोल रहे पनि उनले धेरै समय खेलेका कारण गोल्डेन बुट जित्न बाट चुक्न पुगे ।
टूर्नामेन्टका युवा प्लेयर – पेद्री
१८ वर्षिय पेद्रीको प्रदर्शन निकै तारिफ योग्य थियो । पेद्रीले स्पेनको टोलीबाट राम्रा मात्रै खेलेनन् सबै फुटबल समर्थकहरुको ध्यान तान्न पनि सफल भए र उनी युरोका युवा खेलाडी घोषित भए ।
फाइनलको स्टार – लियोनार्डो बोनुची
अनुभवी डिफेन्डर लियोनार्डो बोनुचिलाई युरो २०२० फाइनलमा डिफेन्डमा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द मैच घोषित गरियो साथै उनले दोस्रो हाफमा गरेको गोलका कारण इटालीले पेनाल्टी सम्म खेल पुर्याएको थियो ।