अन्तर्राष्ट्रिय
इंग्ल्यान्ड माथि भारत १० विकेटले विजयी, दुई दिनमा नै सकियो टेस्ट
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
4 years agoon
By
wesportz![](https://wesportz.com/wp-content/uploads/2021/02/India-v-england.jpg)
घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्टमा १० विकेटको फराकिलो जित दर्ता गराएको छ । दुई दिनमा नै टेस्ट आफ्नो पक्ष्यमा पार्न सफल भारतले चार खेलको शृंखलामा २-१ को अग्रता कायम गरेको छ ।
यस जितसँगै भारत वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ भने इंग्ल्यान्ड बाहिरिएको छ । भारतले फाइनल प्रवेसका लागि शृंखला ३-१ अथवा २-१ ले आफ्नो पक्ष्यमा पार्न पर्ने भएकोमा भारतले अन्तिम टेस्टमा बराबरी खेले मात्र वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि न्युजिल्याण्डको सामना गर्नेछ ।
यस अघि न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेका कारण भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एकले मात्र फाइनलमा स्थान सुरक्षित समिकरण रहेको थियो । भारत फाइनलको नजिक पुग्दा अष्ट्रेलियाले भने भारत र इंग्ल्यान्ड बीचको अन्तिम टेस्टको नतिजा कुर्न पर्ने हुन्छ । चौथों टेस्टमा इंग्ल्यान्डले जित हात पारेको खण्डमा मात्र अष्ट्रेलियाले फाइनलमा स्थान जमाउने छ ।
इंग्ल्यान्डलाई पहिलो पारीमा ११२ रनमा रोकेको भारतले आफ्नो पहिलो पारीमा १४५ रन मात्र बनाउन सक्यो । पहिलो पारीको आधारमा ३३ रनको अग्रता लिन सफल भएको भारतले इंग्ल्यान्डलाई दोश्रो पारीमा ८१ रनमा रोके पछि ४९ रनको लक्ष्य पाएकोमा कुनै पनि विकेट नगुमाई लक्ष्य पार गर्यो ।
भारतको जितमा नायक रहे बायाँ हाते स्पिनर अक्सर पटेल र रविचन्द्रन अश्विन । पहिलो पारीमा छ विकेट हात पारेका पटेलले दोश्रो पारीमा पनि पाँच विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए । दोश्रो टेस्ट खेलेका पटेलको चार पारीमा यो तेश्रो फाइब-विकेट हल हो । चेन्नाईमा भएको दोश्रो टेस्टमा डेब्यु गरेका पटेलले दोश्रो पारीमा पनि पाँच विकेट हात पारेका थिए । त्यस्तै पहिलो पारीमा तीन विकेट लिएका अश्विनले दोश्रो पारीमा चार विकेट लिन सफल भए ।
इंग्ल्यान्डका कप्तान जो रुटले घातक बलिङ गर्दा भारतले तेश्रो टेस्टको पहिलो पारीमा ३३ रनको झिनो अग्रता मात्र लिन सफल भएको थियो ।
दोश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा ९९ रनको स्थितीबाट सुरु गरेको भारतले बाँकी सात विकेट गुमाउँदा ४६ रन मात्र जोड्न सक्यो ।
भारतको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका कप्तान जो रुटले छ दशमलब दुई ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे । रुटको टेस्टमा यो पहिलो पाँच विकेट हो । रुट बाहेक ज्याक लिचले पनि चार विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
October 23, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli.jpg)
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
अन्तर्राष्ट्रिय
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
October 23, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/10/Babar-Azam-and-Rohit-Sharma-.jpg)
अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।
भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।
यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
August 1, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521.jpg)
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli-80x80.jpg)
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2022/10/Babar-Azam-and-Rohit-Sharma--80x80.jpg)
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
![](https://wesportz.com/wp-content/uploads/2019/12/Gyanendra.jpg)
केन्या माथि नेपालको कीर्तिमानी जित
![](https://wesportz.com/wp-content/uploads/2022/08/Women-SAF-Training-80x80.jpg)
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-T20-League--80x80.jpg)
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
![](https://wesportz.com/wp-content/uploads/2022/05/Dipenda-Singh-Airee-sad-out--80x80.jpg)
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-Cricket-sad-80x80.jpg)
नेपालले हरायो केन्यालाई
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepali-cricket-team-leaving-for-Kenya-80x80.jpg)
नेपालका लागि केन्या टुर महत्वपूर्ण
![](https://wesportz.com/wp-content/uploads/2021/07/214867571_4143533785694621_906903058821694504_n-80x80.jpg)
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो
![](https://wesportz.com/wp-content/uploads/2022/08/Manoj-Prabhakar-80x80.jpg)
नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु
![](https://wesportz.com/wp-content/uploads/2022/08/Far-Western--80x80.jpg)
बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक
![](https://wesportz.com/wp-content/uploads/2022/08/ANFA-LOGO-80x80.jpg)
यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-women-football-team-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने
![](https://wesportz.com/wp-content/uploads/2022/08/National-game-80x80.jpg)
नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था
![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521-80x80.jpg)
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-Football-team-80x80.jpg)
नेपालको पोस्टमा भारतको गोलको वर्षा
![](https://wesportz.com/wp-content/uploads/2022/07/Saff-woman-Championship-copy-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-80x80.jpg)
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
![](https://wesportz.com/wp-content/uploads/2019/09/Women-football-team-training.jpg)
साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
![](https://wesportz.com/wp-content/uploads/2022/07/Urjan-Shrestha-80x80.jpg)
उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु