राष्ट्रिय
स्लिपबाट पारसले थर्ड म्यान दिपेशलाई सोधेः “ओरिजिनल घडी हो ?”
Published
3 years agoon
By
wesportzराष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काको मैदानमा उपस्थिति बिशेष हुने गर्छ । पारसको बडी ल्याङ्गवेजले सिँगै टिमलाई नै उर्जा प्रदान गर्ने गर्छ ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट राष्ट्रिय एकदिवसीय बागमती प्रदेशका लागि खेलिरहेका पारसले पुरै टिमलाई नै हौसाउदै लगातार खेलाडीहरुसँग बोल्दै बिताए । गत संस्करणमा पनि पारसको उपस्थितिले नै अतिरिक्त उर्जा पाएको बागमतीले सेमिफाइनलसम्म खेलेको थियो ।
बागमतीले आइतबार नै त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबबिरुद्ध आफ्नो पहिलो खेल खेल्यो । खेल दौरान पारसले आफ्ना बलरहरुलाई निकै जोस्याए र फल स्वरुप निकै फुर्तिलो देखिएको बागमतीले डिफेन्डिङ्ग च्याम्पियन पुलिसलाई १ सय ११ रनमै अल आउट गर्यो ।
पारसको अर्को एउटा पक्ष पनि छ । उनी सिचुवेसनल कमेडी (परिस्थिति हेरेर ठट्टा गर्ने) पनि गर्ने गर्छन् । यो पारसको एक भित्री पाटो हो जुन धेरै कमले मात्रै देखेका छन् । पारसले सोमबार आफू भित्रको कमेडी पुलिसबिरुद्धको खेलमा बाहिर निकालेका थिए जसलाई सुनेर धेरैको हाँसोको फोहोरा छुटेको थियो ।
कुरा पुलिसको इनिङ्गसको २३ औं ओभरको हो । बागमतीका तिब्र गतिका बलर नन्दन यादवको शर्ट पिचबल टप एज लिदै थर्ड म्यान तर्फ गयो । क्याचको लागि जाने अथवा चौका बचाउन दोधार चलिरहदा दिपेशले बललाई केही अगाडी ड्रप हुन दिदै रन बचाउने निर्णय लिए ।
दिपेशले चौका बचाएपनि बाउन्स भएर आएको बलले उनको घडीमा लाग्यो र चुडिएर मैदानमा खस्यो । दिपेशले घडी बाउन्डरी बाहिर रहेका टिममेट तर्फ फाले । स्लिपबाट हेरिरहेका पारसले दिपेशलाई चिच्याउदै सोध्न भ्याइहालेः “दिपेश ओरिजिनल घँडी हो ?”
पारसले त्यति भनेका मात्रै के थिए बाउण्डरी नजिकै रहेको प्रेस बक्समा हाँसोको फोहोरा छुट्यो । डग आउटमा रहेका पुलिसका खेलाडी पनि राम्ररी नै हासे । तर दिपेशले घडी ओरिजिनल भएको की नभएको केही भनेनन् ।
आइतबार बाग्मतीले पुलिसलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात पनि गरेको छ । तिलक भण्डारी र नन्दन यादवले चार–चार विकेट लिएपछि पृथु बास्कोटाले अद्र्धशतक प्रहार गर्दै बागमतीलाई सहज जित दिलाएका थिए ।
You may like
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।