Connect with us

Headline

चक्कुको धारमा जागिर टिकाइरहेका प्रिमियर लिग व्यवस्थापकहरु

Published

on

इङ्गिलस प्रिमियर लिगको ६ खेलबाट चौथो हार व्यहोर्ने क्रममा म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएपछि आफ्नो टोली फर्म टेबलको १७ औं र अंक तालिकामा आठौं स्थानमा खस्कदा चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डको जागिर धरापमा पर्यो ।

द एथ्लेटिक पत्रिकाका अनुसार रोमन अब्राहमोभिचको व्यवस्थापनले लाम्पार्डको बिकल्प खोज्न थालिसकेको थियो । तथ्यांकगत रुपमा, लाम्पार्डको व्यवसायिक अवसान प्रतिको कदम चरमबिन्दुमा पुग्ने नजिक थियो ।

प्रिमियर लिगको व्यवस्थापकीय जागिर निकै राम्रो समयमा पनि अस्थिर रहने गरेको छ तर लाम्पार्डको भाग्य परिवर्तन निकै द्रुत गतिमा भयो । ६ खेल अघि मात्रै ९ खेलमा अपराजित लाम्पार्डको चेल्सी पाँचमध्ये चार खेल जित्दै शिर्ष स्थानभन्दा मात्र दुई अंकले पछि थियो । युवा व्यवस्थापक र क्लब लेजेण्ड लाम्पार्डको प्रदर्शनलाई सबैले सराहना गरेका थिए ।

युवा टोलीलाई संक्रमणकालीन अवस्थामा निकै कुशल व्यवस्थापनमार्फत पुननिर्माण गर्दै च्याम्पियन्स लिगमा स्थान दिलाएका लाम्पार्डलाई अघिल्लो सिजनको क्रेडिटमा चल्न अझै समय थियो ।

तर लाम्पार्ड त प्रिमियर लिगमा यो सिजन छुराको धारमा टेक्दै हिँडेका ठूला ६ मध्ये एक व्यवस्थापक मात्रै हुन पुगे । जागिर धरापमा रहेका प्रशिक्षकहरुको सुचि हेर्ने हो भने प्रिमियर लिगमा व्यवस्थापकहरुलाई कति कठिनाई छ स्पष्ट हुन्छ ।

दुई हप्ता अघि मात्रै आर्सनल व्यवस्थापक मिकेल आर्टेटालाई क्लबले बर्खास्त गर्ने मुड बनाइसकेको थियो । १० खेलमा सात हार र मात्रै एक जितपछि आर्सनल अकल्पनीय १५ औं स्थानमा पुग्दा उसले आफ्नो यसअघिका धेरै पुस्ताहरुमध्ये कै खराब शुरुवात गर्यो ।

योर्गेन क्लोपले अचम्मैसँग चोटग्रस्त आफ्नो टोलीलाई सम्हाल्दै लगेका छन् । उनी अपवाद हुन ।

त्यसयता आर्सनल धर्मराउदै गरेको चेल्सी, १७ औं स्थानको ब्राइटन र १९ औं स्थानको वेष्ट ब्रोमविच आल्बियनलाई पराजित गर्दै ११ औं मा उक्लियो । आर्सनल अब च्याम्पियन्स लिग स्थानभन्दा मात्रै ६ अंकले पछाडी छ । आर्टेटामाथिको कालो बादल केही बेरका लागि भएपनि हटेको छ । अहिले स्थिति केही शान्त होला तर पनि १३ पटकको प्रिमियर लिग च्याम्पियन अंक तालिकाको बटम हाफमै छ ।

एक महिनाभन्दा कम समयअघि म्यानचेस्टर डर्बीमा सिटीसँग पराजित हुने हो भने युनाइटेडले आफ्ना व्यवस्थापक ओले गुनार सोल्सायरलाई बर्खास्त गर्ने आंकलन गरियो । उक्त डर्बि युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिएको चार दिनपछि थियो ।

तर युनाइटेडले सिटीसँग गोलरहित बराबरी खेल्यो भने नोभेम्बर १ मा आर्सनलसँग पराजित भएयता एक खेल पनि हारेको छैन । १० मध्ये ८ खेल जित्दै युनाइटेड १५ स्थान माथि उक्लदै अहिले डिफेन्डिङ्ग च्याम्पियन तथा शिर्ष स्थानको लिभरपुलसँगै समान अंकमा रहेको छ ।

सोल्सायरलाई बर्खास्त गर्ने तर्फ क्लब व्यवस्थापनको ध्यान बिस्तारै हट्न थालेको छ । कैयौं पटक जागिर गुम्ने अवस्थामा पुगेका नर्वेजियन सोल्सायरलाई लिएर अब आफ्नो टोलीलाई एक ढिक्का बनाएको र प्रतिभावान टोलीमा आत्मबिश्वास जगाएको भन्दै वाह वाहीका कथाहरु लेखिन थालेका छन् ।

प्रिमियर लिगको दोश्रो कोभिड सिजनमा व्याप्त भित्री रहस्यमयी वातावरणले लिगका व्यवस्थापकहरुलाई असर गर्न थालेको छ । तर अन्य सिजनजस्तै एक सत्य भने अझै पनि कायमै रहेको छ, त्यो हो ठूला ६ व्यवस्थापकहरुले आफ्नो टोलीलाई शिर्ष स्थानमा लानै पर्छ भन्ने अपेक्षा ।

दवाब यस्तो छ कि ६ ठूला व्यवस्थापकहरुले माथि उल्लेखित काम गर्न नसके चौथो स्थानमा पुर्याउदै कम से कम च्याम्पियन्स लिग सुरक्षित गर्नै पर्नेछ । र यो सम्भावना सधै झै लिगमा गणितीय हिसाबले कायमै रहने गरेको छ ।

पेप ग्वार्डियोलाका लागि पनि सिजनको शुरुवात निकै कष्टकर थियो ।

फरक के मात्र छ भने व्यस्त तालिकाका कारण नियमित रुपमा व्यहोरिन थालिएको चोट, कोरोनाका कारण गुमाउनु परेको खेलाडी, छोट्याइएको अफ सिजन र प्रि सिजन र समर्थकहरुको अनुपस्थितिका कारण प्रिमियर लिगमा परिणाम पहिले भन्दा अझै बढी अनपेक्षित हुन थालेका छन् । यसै कारण धेरै जसो ठूला टिम र व्यवस्थापकहरुको प्रदर्शनमा उतार चढाव छ भने अराजकता पनि कायमै छ ।

पहिलो ८ मध्ये मात्र तीन खेलमा जित हात पार्दा म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डियोला पनि केही समयका लागि छुनै नसकिने जस्ता देखिएका थिएनन् ।

चार खेलमा जितबिहिन हुदै पहिलोबाट सातौंमा झर्न पुग्दा यो सिजन उत्कृष्ट प्रदर्शन देखाउने मध्येका एक व्यवस्थापक टोटेन्हयाम हट्स्परका होजे मोउरिन्होको पनि चमक उडिसकेको थियो ।

कसैको नियन्त्रणमा नरहेको कोरोनाद्वारा सृजित प्रिमियर लिगको हालको अवस्थाको बलि नचढ्ने एक मात्र प्रशिक्षक योर्गन क्लोप नै रहे । लिभरपुलको चोटग्रस्त खेलाडीहरुको सुचि निकै लामो रहेपनि क्लोपले अचम्मैसँग टिमलाई सम्हालेका छन् ।

तर व्यवस्थापकहरुको जागिर असुरक्षित हुनु जति कोरोनाद्वारा सृजित समस्या हो त्यति नै क्लबहरुको कमजोरी पनि ।

चेल्सीले आफ्नो आक्रमण मजबुत बनाउन प्रशस्त पैसा खर्च गरेपनि त्यही अनुपातमा डिफेन्स बलियो बनाउन कसरत गरेन । युनाइटेड हतारमा बनाइएको स्क्रिप्टको फाइदा उठाउन सफल स्टारहरुको टुकडी जस्तो देखिने क्रम जारी छ । धमिलो लाग्ने टोटेन्ह्याम कठिन परिस्थितिको शिकार हुने गरेको छ । सिटी धेरै जसो सन्तुष्ट देखिने गरेको छ । आर्सनलको समस्या कहाबाट शुरु गर्ने कसैले भन्न सक्दैन् ।

फुटबल बिजनेस कुनै पनि टोलीको सिमित गुणका आधारमा निर्मित हुने गर्दैन । यहाँ परिणामको मात्रै भ्याल्यु हुन्छ । ती परिणामहरु व्यवस्थापकमा रिबाउण्ड हुने गर्छन् । जबसम्म प्रिमियर लिग अहिलेको जस्तो असामान्य र परिणाम अनपेक्षित हुन्छन्, कोही व्यवस्थापक आरामले सुत्न सक्ने छैनन् ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!