Connect with us

Headline

स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन

wesportz

Published

on

पाँच दिनपछि हुने बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहिबार हस्ताक्षर भएको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र इन्डष्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार स्पोर्टस अवार्डमा रुस्लान फुटबल सह–प्रयोजकको रुपमा रहनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै इन्डष्ट्रिजका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसंग जोडिन पाउँदा खुसी ब्यक्त गरे । उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए ।

स्पोर्टस अवार्डसंग रुस्लानको यो पाँचौ वर्ष हो । आयोजक संस्था मञ्चका अध्यक्ष सुबेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी पुस २८ गते आयोजना हुँदैछ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघिनै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनीक गरिसकेको छ ।

पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनित छन् । वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

महिलातर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा छन् । वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्डका अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’ को रूपमा प्रदान गरिदैछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

Headline

रोनाल्डोले बिकानको किर्तीमान नतोडेको चेक फुटबल संघको दाबी

wesportz

Published

on

बिहीबार नापोलीलाई २-० ले हराउदै युभेन्टसलाई सुपर कोपाको उपाधि जित्न मद्धत गरेका क्रिष्चियानो रोनाल्डोले उक्त खेलमा एक गोल गरेका थिए । त्यो एक गोलका कारण ७६० गोल पुर्याएका रोनाल्डोले चेक फुटबलका लेजेण्ड योसेफ बिकान सर्वाधिक गोल गर्ने किर्तीमान पनि तोडेका थिए ।

फुटबलको ईतिहासमै सर्वाधिक गोल गर्ने किर्तीमान बनाएको एक दिन पनि नबितेको अवस्थामा चेक गणतन्त्रको फुटबल संघ फुटबल एसोसिएसन अफ चेक रिपब्लिक(एफएसिआर) ले ट्विट गर्दै रोनाल्डोले बनाएको उक्त किर्तीमान सहि नभएको बताएको छ ।

रोनाल्डोले गरेको ७६० गोल योफेस बिकानको किर्तीमान भन्दा अझै ६१ गोल पछि रहेको बताएको छ । संघले ट्वीट गर्दै लेखेको छ,”फुटबल इतिहासको सर्वश्रेष्ठ गोलकर्ता ? चेक एफएको इतिहास र तथ्यांन्क समितिले महान योसेफ बिकानले गरेको सबै गोल गन्यो र अब हामी आधिकारिक खेलहरूमा उहाँले ८२१ गोल ​​गरेको घोषणा गर्न सक्दछौं।”

चेक फुटबल संघले फिफाले बिकानले दोस्रो डिभिजन खेल्दा गरेको ५३ गोल नगनेको आरोप पनि लगाएको थियो ।

Continue Reading

Headline

लिभरपुलको एन्फिल्डमा ६८ खेल अपराजित यात्रामा बर्नलीको पानी

wesportz

Published

on

६८ खेल,५५ जित,१३ बराबरी र लगभग चार बर्ष पछि, अन्ततः एन्फिल्डको अटुट सपनालाई बर्नलीले तोडिदिएको छ । एन्फिल्डमा गएको चार वर्षमा लिभरपुललाई पराजित गर्ने एक मात्र टोली बर्नाली बन्न पुग्यो । अन्तिम पटक २०१७ मा क्रिस्टल प्यालेसले एन्फिल्डमा जित निकाले पछि एन्फिल्डमा पहिलो पटक जित निकाल्ने टोली बर्नली बनेको हो ।

एशले बार्न्सले पेनाल्टीमा अन्तिम समयमा गोल गरे पछि लिभरपुल निरह देखियो । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बन्न पुग्यो ।

पोजेसनमा जती नै आफ्नो पक्षमा राखे पनि फिनिसिङमा लिभरपुल चुक्न पुग्यो । पहिलो हाफभरी नै लिभरपुलको दवाबलाई निकै आरामले डिफेन्ड गरेको बर्नलीका लागि गोलरक्षक निक पोपले पनि राम्रो भूमिका खेले । ३० औँ मिनेटमा जद्रान शाकिरीको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले विफल पारे । ४४ औँ मनेटमा डिभोक ओरिगीको प्रहार क्रसबारमा लाग्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा पनि उत्तिकै शान्त देखिएको बर्नलीले बिस्तारै लय समाउदै जाँदा लिभरपुलको डिफेन्स भने खस्किन पुग्यो । ८३ औँ मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिन पुग्यो । पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्न्सलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले पालैपालो फाउल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरेका थिए ।

त्यो पेनाल्टीमा बार्न्स चुकेकन् र लिभरपुलको एन्फिल्डमा ८६ खेल अपराजित रहने सपनामा बर्नलीको आँधीबेरीले विश्व फुटबल जगत नै चकित रह्यो ।

लिभरपुलको १९ खेलबाट ३४ अंक छ । शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ । यद्दपि सिटीको हातमा अझै एक खेल बाँकी छ । यस्तो अवस्थामा यो सिजन लिभरपुल उपाधी होडबाट बहिरिने सम्भावना बलियो रहेको छ ।

यो पनि पढ्नुहोस्: कहाँ गयो एक सिजन अघिको लिभरपुल ?

Continue Reading

Headline

महिला लिग: वालिङ बिराटनगर बराबरीमा, एपिएफको जितमा सावित्राको ह्याट्रिक

wesportz

Published

on

राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार भएको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल पराजित गर्दा दोस्रो खेलमा भने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले १-१ गोलको बराबरी खेलेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराउदा । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन । यस्तै अन्य तीन गोल भने कप्तान अनिता बस्नेत,अन्जली कुमारी योन्जन र प्रिती राईले गरेकी थिइन ।

खेलको पहिलो गोल १४ औँ मिनेटमा सावित्राले गरेकी थिइन । मन्जली योन्जनले दिएको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् ।

२२ औंँ मिनेटमा भने एपिएफले दोस्रो गोल गरेको थियो । यो पटक भने अन्जलीले अनिताले दिएको पासमा गोल गरेकी थिइन् । पहिलो हाफमा २-० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा चारको गरेको थियो ।

खेलको ६२ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । खेलको चौथोँ गोल भने ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले गरेकी थिइन । ७२ औँ मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफले ५-० को फराकिलो अग्रता लिएको थियो । पाँचौँ गोल ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गरेकी थिइन् ।

बिहीबारनै भएको दोस्रो खेलमा वालिङ र बिराटनगरले बराबरी खेल्दा वालिङका लागि सम्झना शर्माले गोल गरेकी थिइन भने बिराटनगरका लागि आशा कुमारीले गरेकी थिइन । खेलको दोस्रो मिनेटमै पाएको अग्रतालाई जोगाउन नसक्दा वालिङ बराबरीमा रोकिन पुगेको थियो ।

Continue Reading
राष्ट्रिय34 mins ago

मिनाशको पाँच विकेटमा प्रदेश १ को सान्त्वना जित  

राष्ट्रिय3 hours ago

कप्तान सिद्धान्तको अर्धशतकमा प्रदेश १ को मध्यम योगफल

Headline7 hours ago

रोनाल्डोले बिकानको किर्तीमान नतोडेको चेक फुटबल संघको दाबी

Headline8 hours ago

लिभरपुलको एन्फिल्डमा ६८ खेल अपराजित यात्रामा बर्नलीको पानी

Headline21 hours ago

महिला लिग: वालिङ बिराटनगर बराबरीमा, एपिएफको जितमा सावित्राको ह्याट्रिक

राष्ट्रिय1 day ago

एपीएफसँग पराजित हुँदा गण्डकी पिएम कपबाट बाहिर

Headline1 day ago

पुलिसको आक्रमक ब्याटिङ्ग, धमलाको शतक, पवनको किर्तिमानी अद्र्धशतक

Headline1 day ago

तेस्रो डिभिजनको एल्कोयानोसँग रियल म्याड्रिड पराजित

Headline1 day ago

रोनाल्डोको किर्तीमानसँगै युभेन्टसलाई सिजनको पहिलो उपाधि

Headline1 day ago

भिल्ला विरुद्ध सिटीको जित, युनाइटेड शिर्ष स्थानमा पकड बनाउदै

Headline1 month ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline4 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline9 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline4 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline5 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline8 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline3 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline7 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline5 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending