Connect with us

अन्तर्राष्ट्रिय

सिड्नी विरुद्ध होबार्ट पहिले बलिङ गर्दै, सन्दिप सुरुवाती ११ मा

wesportz

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको आफ्नो नवौं खेलमा सिड्नी थन्डर विरुद्ध पहिले बलिङ गर्ने भएको छ । होबार्टले टस जितेर सिड्नीलाई ब्याटिङ गर्न लगाएको छ ।

आजको खेलमा पनि सन्दिपले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए । अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला दुई खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

दुई खेलमा उनले तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल पनि भए । सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

आठ खेल खेलेको होबार्ट १८ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको सिड्नी १९ अंक सहित दोश्रो स्थानमा छ । समान ५-५ खेल जिते पनि सिड्नीले दुई खेलमा तथा होबार्टले तीन खेलमा पराजय भोगेका छन् । आजको खेलमा जित हात पार्ने टोली पहिलो स्थानमा उक्लने छ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने होबार्ट माथि सिड्नी हाबी रहेको छ । सिड्नीले तीन खेलमा जित दर्ता गराउँदा होबार्टले दुई खेल आफ्नो पक्षमा पार्न सकेको थियो । गत संस्करणमा तीन पटक भिड्दा सिड्नीले दुई तथा होबार्टले एक खेल जितेका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

पन्जाबको गोलरहित बराबरी, किरणको अर्को क्लिनशिट

wesportz

Published

on

कोलकतामा जारी हिरो आइ लिग अन्तर्गत आइतबार  भएको खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब राउन्ड ग्लास पन्जाबले लिगमा चौँथो खेलमा मोहम्मदन स्पोर्टिङ विरुद्ध गोलरहित बराबरी खेलेको छ ।

पन्जाबले कल्याणि रंगशालामा भएको खेलमा कोलकताको प्रख्यात क्लब मोहम्मदनसँग गोलरहित बराबरी खेल्दा  किरणले भने धेरै बचाउ गर्नु परेको थिएन ।

खेल अवधि भर पन्जाबका लागि किरणले ४ प्रहार मात्र बचाउ  गरेका थिए । किरणले पहिलो हाफको १६ र २६ औँ मिनेटमा मोहम्मदनका सेख फयाजले गरेको प्रहर आरामले बचाएका थिए। पहिलो हाफमा मोहम्मदनको पोस्टमा लगतार अट्याक गरेको पन्जाबले गोल भने गर्न सकेन ।  पहिलो हाफ गोलरहित बराबरी खेलेका कारण किरणलाई मोहम्मदनले व्यस्त राख्न सकेको थिएन ।

दोस्रो हाफमा पनि दुई टोलीले राम्रो मुभ बनाउन सकेनन् । पन्जाबका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका भुटानी फर्वार्ड चेन्चो ग्याल्सियनले ७६ औँ मिनेटमा बनाएको मुभमा जोसेवा बेटिया चुक्न पुगे पछि गोल गर्ने मौका गुमाएको थियो । यस्तै मोहम्मदनले भने दोस्रो हाफमा पन्जाबको पोस्टमा सोचे जस्तो आक्रमण गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनु पर्यो।

लगतार दुई खेल हारेको पन्जाबको यो सिजन पहिलो बराबरी हो । चार खेलमा चार अंक रहेको पन्जाबले लिगमा राम्रो शुरुवात गर्न सकेको छैन ।

Continue Reading

अन्तर्राष्ट्रिय

सन्दिपको दुई विकेटमा होबार्टको रोमान्चक जित

wesportz

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले दुई बलमा दुई विकेट हात पार्दा उनको टोली होबार्ट हरिकेन्सले बिग ब्यास लिगको यस सिजनको आफ्नो १३ औं खेलमा सिड्नी सिक्सर्स माथि सात रनको रोमान्चक जित हात पारेको छ ।

खेलमा ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको होबार्टले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १८८ रन बनायो भने जवाफी ब्याटिङ गरेको सिड्नीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १८१ रन मात्र बनाउन सक्यो ।

होबार्टको जितमा सन्दिपले चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर दुई विकेट हात पारेका हुन् । सन्दिपले आफ्नो तेश्रो ओभरको चौथों तथा पाँचौं बलमा २५ बल खेल्दै ४३ रन बनाएका कप्तान मोइसेस हेनरिक्स र डेनियल क्रिस्टियनलाई गोल्डेन डक आउट गराउँदै होबार्टको जितमा उलेख्य भूमिका खेले ।

होबार्टको लागि छैठौं ओभर लिएर आएका सन्दिपले आफ्नो पहिलो ओभरमा एक चौका सहित सात रन खर्चिए । त्यस्तै उनले आफ्नो दोश्रो ओभरमा एक चौका सहित छ रन खर्चिए ।

आफ्नो तेश्रो ओभरको पहिलो बलमा नै चौका खाएका सन्दिपले चौथों र पाँचौं बलमा विकेट निकाल्न सफल भएका हुन् । उक्त ओभरमा सात रन दिएका सन्दिपले अन्तिम ओभरमा भने तीन रन मात्र खर्चिए ।

जारी सिजन सात खेल खेलेका सन्दिपले आठ विकेट हात पारी सकेका छन् ।

 

Continue Reading

Headline

युएफसीको पुनरागमन फाइटमा म्याकग्रेगर नकआउट

wesportz

Published

on

बिवादास्पद आईरिस फाइटर कोनर म्याकग्रेगरले अक्टागनमा गरेको पुनरागमनमा डस्टिन पउरियरबाट नकआउट भेटेका छन् ।

शनिबार राति अबु धाबीको फाइट आइल्याण्डमा भएको युएफसी २५७ अन्तर्गतको खेलको दोश्रो चरणको २ मिनेट ३२ सेकेण्डमा रेफरी हर्ब डिनले खेल रोकेका थिए । त्यो समयसम्म म्याकग्रेगर पउरियरलाई रोक्न पूर्ण रुपमा असफल रहेका थिए ।

म्याकग्रेगरको खुट्टा समातेर उनलाई लातले हान्दै दाया बायाँ बाट दुवै तर्फ लडाएपछि दुई शट प्रहार गर्दै उनलाई निरीह साबित गरेका थिए । पउरियरले म्याकग्रेगरबाट २०१४ मा भेटेको नकआउटको नि मिठो बदला लिएका हुन् ।

यो फाइटको बारे हाइप बढ्दै गर्दा पउरियर आफू २०१४ कै पउरियर नरहेको बताउदै आएका थिए । म्याकग्रेगरलाई नक आउद हान्दै उनले यो साबित पनि गरिदिएका छन् ।

यो जितपछि पउरियरले अब लाइटवेट वेट क्याटेगरीको उपाधिका लागि कि त रुसी फाइटर खबिब नुर्मागोमेदोभ अथवा अन्य कुनै उच्च प्रतिद्वन्दीबिरुद्ध खेल्न सक्नेछन् । खबिबले केही महिनाअघि आफ्नो बुवाको मृत्युपछि अक्टागनबाट आफूले सन्यास लिइसकेको बताएका कारण पउरियरलाई अब उनको पुनरागमनको अपेक्षा रहनेछ ।

म्याकग्रेगर शनिबार अक्टागनमा फर्कदा उनी तेश्रो पटक सन्यासबाट बाहिर आएका हुन् । फाइटको पुर्व सहमति अनुसार म्याकग्रेगरको पावर स्ट्रोकहरुलाई छल्दै पउरियरले बाउटलाई लामो बनाउनु पर्ने थियो । पहिलो राउण्डमा म्याकग्रेगरले केही राम्रो प्रदर्शन गर्दा पउरियर सहमति अनुरुप नै डिफेन्सिभ खेल खेल्दै शान्त रहेका थिए ।

दोश्रो राउण्डमा भने पउरियर पूर्ण रुपमा हावी हुदै पिँडुलाले प्रहार गर्दै म्याकग्रेगरलाई नकआउट गर्न सफल भएका थिए । हारका बावजुद म्याकग्रेगरले आफू २०२१ भ्रि नै अक्टागनमा सकृय रहने बताएका छन् । “म सकृय रहन चाहन्छु । यो बिजनेसमा निस्किृय रहेर कुनै फाइदा हुदैन । त्यसैले मैले खेल्न आवश्यक छ,” म्याकग्रेगरले भने ।

Continue Reading
Headline8 hours ago

पन्जाबको गोलरहित बराबरी, किरणको अर्को क्लिनशिट

Headline9 hours ago

एपिएफको लगातार दोश्रो जित, आर्मीबिरुद्ध वालिङ्गको कमजोर प्रदर्शन

अन्तर्राष्ट्रिय10 hours ago

सन्दिपको दुई विकेटमा होबार्टको रोमान्चक जित

Headline13 hours ago

प्रतियोगिताकै रोमाञ्चक खेल बराबरीमा टुंगिदा बागमती सेमिफाइनलमा

Headline16 hours ago

युएफसीको पुनरागमन फाइटमा म्याकग्रेगर नकआउट

Headline17 hours ago

आदिल र इशानको अद्र्धशतकमा बागमतीको राम्रो योगफल

Headline21 hours ago

म्यानचेस्टर सिटीको जोगियो लाज

Headline22 hours ago

घरेलु मैदानमै एसि मिलान एट्लान्टासँग स्तब्ध

Headline22 hours ago

स्पेनिस कपमा स्तब्ध रियलको ला लिगामा उत्कृष्ट पुनारगमन

Headline1 day ago

अच्युत र करिशा क्रस डुवाथ्लन सिरिज दोश्रो संस्करणमा बिजयी

Headline1 month ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline4 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline9 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline4 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline5 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline8 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline4 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline3 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline7 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline5 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending