अंक तालिकाको पुछार कता छ ? आर्सनल अझै तल पुगेको छैन ? के विश्वको सबैभन्दा महँगो औसत टिकट रहेको विश्वकै सबैभन्दा ठूलो क्लब रेलिगेट हुन सक्ला ? कतै असफल हुन आर्सनल धेरै ठूलो क्लब त होइन ?
यि प्रश्नहरु धेरै जसो आर्सनल समर्थकहरु आफैलाई सोधिरहेका होलान् । लिगका अन्तिम पाँच खेलहरुमा लगतार हार व्यहोेरिरहेको आर्सनल अहिले प्रिमियर लिगमा १५ औँ स्थानमा रहेको छ भने रेलिगेसन जोनमा रहेका चार टोलीहरुसँग एक अंकका लागि पनि संघर्ष गर्दै छ ।
शिर्ष चारमा पुग्ने सपना त कहाँ हो कहाँ आर्सनलले अब आउने दुई देखि तीन खेल हार्ने हो भने मात्रै पनि आफूलाई रेलिगेसन जोनमा पाउनेछ । पहिलो चार खेल मध्ये तीन खेल जित्दै यो सिजन सुखद शुरुवात गरेको आर्सनलले अहिले भने १० खेल खेलिसक्दा एक खेलमा मात्रै जित हात पारेको छ । शनिबार मात्रै एभर्टनसँग २–१ ले पराजित आर्सनलबिरुद्ध गोल गर्न उसको बिपक्षीलाई गाह्रो भएन । एभर्टनको जित सहज थियो ।
आर्सनलले पर्याप्त गोलहरू गर्दैन, धेरै गोल खान्छ, मिडफिल्डमा रचनात्मकता र स्थिरताको अभाव छ, कुनै योजना छैन र कठोर शब्दमा भन्नु पर्दा आर्सनलको खेलाडीको यो एक पुस्ता निकै खराब देखिन्छ ।
तर पनि रेलिगेसन? साँच्चै? के आर्सनलको यो सिजनको यथार्थ रेलिगेसन नै हो त ?
‘बक्सिङ डे’ अन्तर्गत डिसेम्बर २६ मा लन्डन डर्बीमा चेल्सी विरुद्ध खेल्दा आर्सनल भन्दा तल रहेका ब्राइटन, वेस्ट ब्रोम, फुलह्याम, सेफिल्ड युनाइटेड र बर्नलीले पनि आ–आफ्नो खेल खेल्ने छन् । अर्सनलले राम्रो नतिजा ल्याउन नसक्ने र अन्य टोलीहरुले खेल आफ्नो पक्षमा पार्ने हो भने आर्सनल अंक तालिका र फुटबलको स्तरमा निकै तल गिर्ने छ ।
अब बाँकी रहेका खेलहरुमा राम्रो प्रदर्शन गर्ने हो भने त ठिकै छ तर आफ्नो पहिलो पूर्ण वर्ष व्यवस्थापकको भूमिकामा राम्रो देखिएका मिकेल आर्टेटाले आर्सनललाई उसको स्तरमा फर्काउन नसक्ने हो भने के होला ?
आर्टेटा आएको पहिलो सिजनका आधा खेलहरुमा निकै राम्रो देखिने अट्याकिङ फुटबल खेले पनि यस सिजन भने सुरु मै रातो माटोमा चिपिलिएर पछारिएको जस्तो देखिएको आर्सनलको समस्यालाई उनले समाधान गर्न सकेका छैनन् ।
वर्षौसम्म पेप ग्वार्डियोलाको छत्र–छायामा बसेर काम गरेका आर्टेटाले आर्सनललाई लिगका खेलहरुमा बुझ्न सकेका छैनन् भन्दा फरक नपर्ला । आर्सनलसँगको पहिलो वर्षमा दुई उपाधि जिताएका आर्टेटाले अझै पनि आर्सनलमा धेरै गर्न बाँकी रहेको छ ।
१९७४–१९७५ को सिजन पछि कै निकै खराब सुरुवात गरेको आर्सनलका प्रशिक्षक आर्टेटा यि सबै घटनाहरु बारे सचेत छन् । “म यो अवस्थाहरु बुझ्छु,” आर्टेटाले एभर्टनसँग पराजित भए पछि भने । “मेरो ऊर्जा र मेरो खेल शैली यो टोलीलाई अहिलेको अवस्थाबाट बाहिर निकाल्नमा लागिरहेको छ । खेलाडीहरूले प्रत्येक पटक मैदान हुँदा देखाएको खेल प्रतिको सद्भावलाई तपाईंले बेवास्ता गर्न सक्नुहुन्न, तर खेल पछि आएको परिणाम यस फुटबल क्लबको मापदण्डका लागि स्वीकार्य छैन ।”
हो यही परीणाम ! आर्टेटाले कुरा गरेका मध्येको एक हो आर्सनलले निकाल्न नसकेको परिणाम ।
परिणाम बारे सचेत रहे पनि आर्सनलले यो पटक अझै मिहिहेनत गरेको जस्तो देखिदैन । प्रिमियर लिगमा अघिल्लो सिजन ३४ अंक जोडे पनि प्रिमियर लिगबाट बर्नमाउथ र वाट्फोर्ड रेलिगेट भएका थिए । अझै आर्सनल त १४ चरणको खेल सकिदा सम्मा १४ अंक जोड्दै १५ औँ स्थानमा रहेको छ । अझै केही खेल बाँकी भए पनि साना र ठुला दुवै टोलीसँग लगतार हारिरहेको आर्सनलका लागि यो चिन्ताको बिषय हो ।
आउने दुई ट्रान्स्फर विन्डोमा खर्च गर्न तयार रहेको बताए पनि आर्सनलमा खेलाडी आउन मान्ने वा नमान्ने नै मुख्य चिन्ता हो । धेरै खेलाडीहरु अझै पनि आर्सनल आउन नमान्ने पनि ब्रिटिस खेलकुद संचार मध्याम ’दी एथ्लेटिक’ ले खुलाउदै आएको छ ।
मिडफिल्डमा देखिएको अभाव कम गर्नका लागि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट थोमस पार्टेलाई भित्र्याए पनि एक सिजन भन्दा बढी एक खेल पनि नखेलेका मेसुट ओजिलको अभाव कम भएको छैन ।
आर्सनल रेलिगेट नै भए पनि चिन्ता लिइहाल्नु पर्ने भने छैन । २००३ मा च्याम्पियन्स लिग सेमिफाइनल पुगे पनि लिड्स युनाइटेड रेलिगेट भएकै हो र अर्को उदाहरण त न्युकासल युनाइटेडको छदै छ । सन् २००० मा स्पेनिस ला लिगाबाट एट्लेटिको म्याड्रिड पनि रेलिगेट नभएको होइन । कुनै पनि क्लबको ’कमब्याक’ का लागि कि त क्लबको स्तरमा आँच आउनु पर्छ कि त क्लब रेलिगेट हुनु पर्छ भन्ने स्पेनिस धारणा पनि त्यही समयमा आएकै हो ।
रेलिगेसन नै भए पनि आर्थिक संकटले आर्सनललाई छोड्ने छैन । च्याम्पियन्स लिग नखेलेको वर्षौ बितिसक्दा पाँच सय मिलियन डलरको घाटा त छदैछ अब आउने सिजनहरुमा अझै राम्रो गर्न नसके क्लबको भविष्य के हुने हो लेख्न सकिने अवस्था पनि छैन । ठुलो नाम भएका खेलाडीहरु भए पनि अबको खेलहरुमा तीन अंक जोड्न नसक्ने हो भने आर्सनलले के गर्ला ? आर्टेटालाई बर्खास्त वा त्यही अल्छि लाग्दो खेललाई पुनःसुचारु ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना घरेलु टोली कतारसँग ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघको आज बसेको बोर्ड बैठकले कतार क्रिकेट संघको निमन्त्रणा स्विकार्दै कतारसँग ट्वान्टी ट्वान्टी खेल खेल्न लागेको हो । कतारले ‘कतार स्पोर्ट्स डे’ को अवसर पारेर नेपाललाई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको निमन्त्रणा दिएको हो ।
क्यानले प्रेश बिज्ञप्ति निकाल्दै फेब्रुअरी नौं देखि १२ तारिख सम्म ट्वान्टी ट्वान्टी खेल संचालन हुने जनाए पनि हाल सम्म के कतिवटा खेल हुने यस विषयमा केहि खुलाएको छैन । तर क्रिकेटिङनेपाललाई प्राप्त जानकारी अनुसार यसको टुंगो लागि सकेको छैन । नेपालले चार दिनमा लगातार चार वटा ट्वान्टी ट्वान्टी खेल्ने सम्भावना प्रवल रहेको छ भने एउटा ५० ओभरको खेल खेल्दै अन्य ट्वान्टी ट्वान्टी हुन सक्ने पनि सम्भावना रहेको छ । यसको टुंगो कतारले केहि दिनमा लगाउने छ ।
त्यस्तै कतारसँगको शृंखलालाई मध्य नजर गर्दै नेपालले फेब्रुअरी एक तारिख देखि नै बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।
क्यानको आजको बोर्ड बैठकले प्रधानमन्त्री कपको विजेतालाई १० लाख तथा उप विजेतालाई पाँच लाख नगद दिने पनि निर्णय गरेको छ ।
राष्ट्रिय महिला लिगको नवौँ खेलको बिभागीय डर्बीमा एपिएफले आर्मीलाई २-० ले हराएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउदा अन्जली योन्जन र सरु लिम्बुले गोल गरेका थिए ।
२७ औँ मिनेटमा एपिएफले खेलको पहिलो गोल गर्यो । साबित्रा भण्डारीले दिएको पासमा अन्जली योन्जनले डिबक्सको दाँया भागबाट बललाई कर्ल गर्दै गोल गरेकी थिइन । ३६ औँ मिनेटमा आर्मीले राम्रो मौका गुमायो । सपना लामाले दिएको क्रसलाई एपिएफकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले जज गर्न नसके पछि छुटेको बललाई कुनै आर्मीको कुनै खेलाडी समयमा नपुग्दा आर्मी बराबरी गोल गर्न चुकेको थियो ।
एपिएफको लागि दोस्रो गोल भने सरु लिम्बुले गरिन । डिबक्स भित्र साबित्राले दिएको पासलाई अन्जली योन्जनलाई नभेटे पछि सरुले पाएको बललाई जाली चुमाएकी थिइन ।
पहिलो हाफमा आर्मी र एपिएफ दुवैले राम्रो मुभहरु बनाए पनि पाएको मौकालाई सदुपयोग गर्दा एपिएफ २-० ले अगाडि रहेको थियो ।
दोस्रो हाफमा एपिएफको लागि सबित्रा भण्डारीले ६३ औँ मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । आर्मीले दोस्रो हाफमा सोचेको जस्तो मुभ बनाउन सकेन । ७४ औँ मिनेटमा सपना लामाले दिएको क्रसमा रष्मी घिसिङले गरेको प्रहर राम्रो हुन नसक्दा एपिएफकी अन्जिला सुब्बाले बचाएकी थिइन ।
जितसँगै एपिएफ ९ अंकका साथ पहिलो र ५ अंकका साथ नेपाल पुलिस दोस्रो र ४ अंक सहित आर्मी तेस्रो स्थानमा रहेको छ ।
नेपालमा क्रिकेटको सामान उत्पादन तथा बिक्री गर्ने सबैभन्दा पहिलो ब्राण्ड क्रिकेट बजारले ६ जना क्रिकेटरहरुलाई एक बर्षको प्रायोजन गरेको छ ।
प्रायोजित खेलाडीहरुमा नेपाल पुलिस क्लबका अनिल कुमार साह, रशिद खान र सुनिल धमला, बागमती प्रदेशका रामनरेश गिरी, भेटेरान अलराउण्डर तथा प्रदेश २ का खेलाडीद्वय महबुब आलम र रवि साहसँगै अर्निको यादव पनि रहेका छन् ।
प्रायोजन सम्झौता अनुसार क्रिकेट बजारले एक बर्षसम्म ६ नै जना खेलाडीहरुलाई क्रिकेटका सामग्रीहरु प्रदान गर्नेछ भने खेलाडीहरुले आफ्नो ब्याटमा सिबी अंकित लागो प्रयोग गर्नेछन् ।
क्रिकेट बजार अनुसार निकै स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै सस्तोमा बिक्रि भइरहेका कम्पनीको सामान अधिकांश नेपाली खेलाडीहरुले प्रयोग गर्दै आइरहेका छन् ।
मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएको एक कार्यक्रमकाबीच कम्पनीका प्रोप्राइटर जय गिरी र खेलाडीहरुले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।