Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानका कप्तान बाबर अजामले न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट गुमाउने

wesportz

Published

on

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर अजामले न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट म्याच गुमाउने भएका छन् ।

न्युजिल्यान्ड भ्रमणका क्रममा अभ्यासका क्रममा दायाँ हातको बुढी औंला भाचिए पछि समयमा ठिक नहुँदा बाबरले पहिलो टेस्ट गुमाउने भएका हुन् । यस अघि पाकिस्तान क्रिकेट टोलीले उनी टेस्टमा खेल्न सक्ने जनाए पनि समयमा ठिक हुन नसक्दा पहिलो टेस्ट गुमाउने निश्चित भएको हो ।

बाबरले औंला भाचिएकै कारण न्युजिल्यान्ड विरुद्धको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला पनि गुमाएका थिए । बाबरको अनुपस्थितिमा ट्वान्टी ट्वान्टी शृंखलामा शदाब खानले पाकिस्तान टोलीको कप्तानी गरेका छन् ।

तीन खेलको शृंखलामा न्युजिल्यान्ड २-० ले अघि रहेको छ । पहिलो खेलमा पाँच विकेटको हारको सामना गरेको पाकिस्तानले दोश्रो खेलमा नौं विकेटको हार व्यहोरेको थियो ।

बाबरको अनुपस्थितिमा विकेट किपर मोहम्मद रिजवानले पाकिस्तान टोलीको कप्तानी सम्ह्लाने छन् । उनी पाकिस्तान टोलीको ३३ औं कप्तान हुनेछन्।

त्यस्तै टोलीका ओपनर इमाम-उल-हकले पनि पहिलो टेस्ट गुमाउने भएका छन् । इमामले पनि अभ्यासका क्रममा आफ्नो औंला भाँचेका हुन् । उनले पनि ट्वान्टी ट्वान्टी शृंखला चोटका कारण गुमाएका थिए ।

पाकिस्तान र घरेलु टोली बीचको दुई टेस्ट शृंखला अन्तर्गतको पहिलो खेल डिसेम्बर २६ तारिखबाट सुरु हुनेछ । बबर र इमामले जनावरी तीन तारिखबाट सुरु हुने दोश्रो टेस्टमा पूर्ण ठिक भएर खेल्न सक्ने पाकिस्तान टोलीले आशा राखेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

रोनाल्डोको युभेन्टसलाई शान्त पार्दै इन्टरको महत्वपूर्ण जित

wesportz

Published

on

चिर प्रतिद्वन्दी युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले अर्को शहरी प्रतिद्वन्दी एसि मिलानसँग इटालियन सिरी आ मा शिर्ष स्थानमा अंक बराबरी गरेको छ ।

निकोलो बरेला एक गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेपछि क्रिष्चियानो रोनाल्डोको युभेन्टस सिजनकै निर्णायक साबित हुन सक्ने खेलमा २–० ले हार्न पुग्यो । शिर्ष स्थानमा समान ४० अंक रहदा एसि मिलान गोल अन्तरको आधारमा अग्रतामा रहेको छ । यद्दपि इन्टरले एक खेल बढी खेलेको छ ।

आइतबार नै फियोरेन्टिनालाई आधा दर्जन गोल हानेको नापोली र एएस रोमाको समान ३४ अंक रहेको छ । यो सिजनको दोश्रो हार व्यहोरेको युभेन्टस ३३ अंक सहित पाचौं स्थानमा रहेको छ । लगातार ९ पटकको डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसको ६ बराबरी पनि रहेको छ ।

सान सिरोमा आफ्नो आकर्षक खेल पस्कन असफल रहेको युभेन्टस सोमबार एसि मिलानले काग्लियारीलाई हारउने हो भने १० अंकले पछि पर्न सक्छ । उसको लागि एक मात्र सकारात्मक कुरा के हो भने युभेन्टसले एक खेल कम खेलेको छ ।

युभेन्टसलाई २०१३ देखि २०१४ सम्म लगातार तीन उपाधि जिताका हालका इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले आफूले सम्हालेको पुर्व क्लबबिरुद्ध पछिल्लो दुई सिजन जित निकाल्न सकेका थिएनन् । कोन्टे २०१९ मा इन्टर मिलान गएका थिए ।

पछिल्लो चार बर्षमा हराउन नसकेको प्रतिद्वन्दीबिरुद्धको लोभ लाग्दो जितले इन्टरलाई अब २०१० पछि पहिलो पटक इटालियन लिग जित्ने आशा पनि बढेको छ । इन्टरले २०१५ यता भएका ७ खेलमा युभेन्टसलाई हराउन सकेको थिएन । उसले पाँचमा हार व्यहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो ।

युभेन्टसका लागि २०११–१२ देखि २०१४–१५ सम्मको सिजनमा चार उपाधि जितेका आर्टुरो भिडालले आफ्नो पुर्व क्लबबिरुद्ध बरेलाको पासमा हेडरमार्फत १२ मिनेटमै अग्रता दिलाएका थिए । दोश्रो हाफ शुरु भएको सात मिनेटपछि नै बरेलाले डिफेन्डर आलेसान्द्रो बास्टोनीको बल कलेक्ट गर्दै उत्कृष्ट दौड लगाउदै दर्शनीय गोल गरेका थिए ।

युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले शुरुवातमै गरेको गोल अफ साइड दिन बाहेक टुरिन क्लबका लागि अन्य केही उल्लेखनीय मुभहरु थिएन । आफ्नो घरेलु मैदानमा इन्टरले रोनाल्डोलाई कुनै पनि मौका दिएको थिएन । लउटारो मार्टिनेज र रोमेलु लुकाकुले गोल गर्ने मौका नगुमाएको भए इन्टरको जित अझै फराकिलो हुने थियो ।

Continue Reading

Headline

मेस्सीलाई बार्सिलोना करिअरमा पहिलो रेड कार्ड, बिल्बाओलाई स्पेनिस सुपर कप

wesportz

Published

on

लियोनल मेस्सीले बार्सिलोनासँगको व्यवसायिक करिअरमै पहिलो पटक रेड कार्ड खाँदा एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बिल्बाओले ३–२ को जित हात पार्यो । इनाकी विलियम्सले अतिरिक्त समयमा गोल गर्दै बिल्बाओले पुनरागमन जित हात पारेको हो । बार्साका लागि ७ सय ५३ औं खेल खेलिरहदा मेस्सीले आफूलाई मुक्त गर्ने प्रयास गरिरहदा आफ्नो नियन्त्रण गुमाइ एजियर भिलालिब्रेलाई हातले टाउकोमा हानेको देखिएको थियो ।

भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा मेस्सीको फउल देखिएपछि उनलाई रेड कार्ड दिइएको थियो । तर त्यो समयसम्ममा बार्सालाई खेलमा फर्किने समय लगभग समाप्त भइसकेको थियो ।

मेस्सीले यसअघि करिअरमा दुई पटक मात्र रेड कार्ड खाएका थिए, दुवै पटक अर्जेन्टिनाको जर्सीमा खेल्दा मात्रै । २००५ मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको खेलमा नै उनले रेड कार्ड खाएका थिए भने अर्को रेड कार्ड २०१९ को कोपा अमेरिकामा रहेको थियो ।

आइतबारको रेड कार्डले उनलाई अलि लामो प्रतिबन्ध पनि लाग्न सक्छ ।

खेलको ४० औं मिनेटमा बार्साले एन्टोइन ग्रिजमनको गोल मार्फत अग्रता लिएको थियो तर त्यसको दुई मिनेटपछि नै ओस्कार डे मार्कोसले बराबरी गोल गरेका थिए । ७७ औं मिनेटमा ग्रिजमनले पुन बार्साको अग्रता फर्काएपनि ९० औं मिनेटमा भिलालिब्रेले खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको तेश्रो मिनेटमै विलियम्सले गोल गरेपछि बिल्बाओले १९८५ पछि आफ्नो पहिलो उपाधि जित्न सफल भएको थियो । टिमको लागि जे गर्यो त्यो हिसाबले यो मेरो करिअरकै सबैभन्दा उत्कृष्ट गोल हो, विलियम्सले खेलपछि भने ।

बिल्बाओको यो तेश्रो सुपर कप उपधि हो । १९८४ मा पहिलो उपाधि जितेको बिल्बाओले २०१५ को फाइनलमा पनि बार्सिलोनालाई नै पराजित गरेको थियो । बार्सिलोनाले भने १५ औं सुपर कप उपाधि जित्ने मौका गुमाएको हो ।
फिटनेस समस्याका कारण फाइनल खेल्ने शंका रहदा मेस्सीलाई प्रशिक्षक रोनाल्ड कोमनले रियल सोसिडाडबिरुद्धको फाइनलमा खेलाएका थिएनन् । तर मेस्सी आइतबार उपस्थित हुदै ग्रिजमनको पहिलो गोलका लागि असिस्ट समेत गरेका थिए । यद्दपि मेस्सी आफ्नो उत्कृष्ट खेलभन्दा निकै पर रहेका थिए ।

Continue Reading

Headline

लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेडमा हेर्नै पर्ने तीन प्रमुख भिडन्त

wesportz

Published

on

इङ्गलिस प्रिमियर लिग सिजनकै महत्वपूर्ण मध्ये एक मानिएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दा शिर्ष स्थानको भिडन्त बाहेक अरु धेरै कुरा हुनेछन् । युनाइटेड चीर प्रतिद्वन्दी लिभरपुल भन्दा तीन अंकले अगाडी रहेको छ ।

लिभरपुल अहिले तेश्रो स्थानमा रहेको छ भने दुई टिमको तुलनामा एक खेल बढी खेलेको लेस्टर सिटी ३५ अंक सहित युनाइेटडभन्दा मात्रै एक अंकले दोश्रो स्थानमा छ ।

आइतबार युनाइटेड एन्फिल्ड भ्रमणमा निस्कदा कस्ता हुनेछन् त प्रमुख भिडन्तहरु ?

जोर्डन हेन्डरसन भर्सेस ब्रुनो फर्नान्डेस

युनाइटेडलाई प्रतिस्पर्धा गर्ने टोलीबाट उपाधिको प्रबल दाबेदारको रुपमा परिणत गर्ने मुख्य भुमिका ब्रुनो फर्नान्डेसले नै खेलेका छन् । गत सिजनको आगमनपछि कमजोर अवस्थामा रहेको युनाइटेडमा जितका लागि उर्जा र सकारात्मक एटिच्युड भर्दै उत्थान गरेको क्रेडिट पाएका फर्नान्डेसको अबको लक्ष्य ओले गुनर सोल्सायरसँग आफ्नो करिअरको सबैभन्दा महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्नु रहनेछ ।

गत जनवरीमा स्पोर्टिङ्ग लिस्बनबाट युनाइटेड आएका पोर्चुगिज फर्नान्डेस एन्फिल्ड जादा एकै क्यालेण्डर बर्षमा चार पटक प्लेयर अफ द मन्थ पाउने एक मात्र स्टार हुनेछन् । उनी डिसेम्बरको पनि प्लेयर अफ द मन्थ रहेका थिए ।

यो सिजन सबै प्रतियोगिता गरेर १५ गोल र ९ असिस्ट गरिसकेका फर्नान्डेसले मात्रै दुई सिजन युनाइटेडमा बस्दा ४८ खेलबाट २७ गोल र १७ असिस्ट गरिसकेका छन् । लिभरपुल व्यवस्थापक योर्गन क्लोप फर्नान्डेसको तारिफ गर्न पछि पर्दैनन् र उनलाई रोक्न आफ्ना कप्तान जोडर्न हेन्डरसनलाई नै नियुक्त गर्नेछन् ।

उनी (फर्नान्डेस) उत्कृष्ट खेलाडी हुन् । फर्नान्डेस युनाइटेड जानु अघि हामीले उनीबिरुद्ध अमेरिकाको टुरमा स्पोर्टिङ्गका लागि खेल्दा नै प्रभाव जमाइसकेका थिए । उनी अब युनाइटेडमा सेटल भइसकेका छन् र टिमको प्रमुख खेलाडी नै भइसकेका छन्, क्लोपले भने ।

मोहम्मद सलाह भर्सेस एरिक बेली

यो सिजन १७ गोल गरिसकेका मोहम्मद सलाह युनाइटेडको लागि सबैभन्दा ठूलो खतरा बन्न सक्छन् तर इजिप्यिसन फर्वार्डको चुनौतिलाई एरिक बेलीले मत्थर पार्ने जिम्मेवारी लिएर हिड्नेछन् । युनाइटेड करिअर भर फर्म र फिटनेससँग संघर्ष गर्दै आएका आइभोरि कोस्ट डिफेन्डर बेली अहिले भने क्लबको बिजयी यात्रामा उल्लेखनीय प्रदर्शन दिन सफल भएका छन् ।

बेली टिममा भएको ६ खेलमा युनाइटेडले तीन गोल मात्र खादै पाँचमा जित र एकमा बराबरी गरेको छ । ह्यारी मग्वायर पनि बेलीसँगको साझेदारीमा बढी सहज देखिन्छन् । सोल्सायरले अघिल्ला खेलहरुमा लिभरपुलबिरुद्धको खेलमा अपनाएको तीन सेन्ट्रल डिफेन्डरको रणनीति अपनाउन सक्छन् ।

सलाह, सादियो माने र रोबर्टो फर्मिनो पछिल्लो केही समय गोलबिहिन रहे पनि लिभरपुलको अग्रपक्तिको मुटु हुनेछन् । लिभरपुलले आफ्नो अन्तिम तीन खेलमा मात्र एक गोल गरेको छ ।

फाबिन्हो भर्सेस मार्कस रासफोर्ड

आफ्नो प्रमुख सेन्टर ब्याकहरु चोटग्रस्ता हुँदा क्लोप फाबिन्होलाई अस्थायी रुपमा डिफेन्डरको रुपमा प्रयोग गर्न बाध्य हुनेछन् । भर्जिल भान डाइक र जो गोमेज लामो समयका लागि बाहिरिसकेका छन् भने जोल म्याटिप पनि चोटकै कारण तीन खेलमा अुनपस्थित रहे ।

म्याटिप प्रशिक्षणमा त फर्किएका छन् तर उनी खेलका लागि तैयार नहुने हो भने क्लोपले युवा खेलाडीहरु रिज विलियम्स अथवा न्याट फिलिप्सलाई फाबिन्होसँग साझेदारी गराउन सक्नेछन् ।

यो परिस्थितिमा फाबिन्होलाई आफ्नो स्थानलाई सशक्त बनाउन अझै दवाब हुनेछ तर मार्कस रासफोर्डको नेतृत्वमा रहने युनाइटेडको अग्रपंक्तिलाई रोक्न त्यति सहज हुने छैन ।

लिभरपुललाई चोट पुर्याउन आवश्यक गति र सटिकता रासफोर्ड र एन्थोनी मार्सियलसँग रहेको छ भने भेटेरान एडिन्सन काभानीको अनुभव र भौतिक उपस्थितिले युनाइटेडलाई अझै बलियो बनाउन सक्छ ।

Continue Reading
Headline2 hours ago

रोनाल्डोको युभेन्टसलाई शान्त पार्दै इन्टरको महत्वपूर्ण जित

Headline2 hours ago

मेस्सीलाई बार्सिलोना करिअरमा पहिलो रेड कार्ड, बिल्बाओलाई स्पेनिस सुपर कप

Headline3 hours ago

प्रिन्सको घरेलु ब्याडमिन्टनमा छलाङ्ग

राष्ट्रिय14 hours ago

स्लिपबाट पारसले थर्ड म्यान दिपेशलाई सोधेः “ओरिजिनल घडी हो ?”

Headline17 hours ago

अनिलको आकर्षक इनिङ्गसमा आर्मीको लगातार दोश्रो जित

Headline19 hours ago

डिफेन्डिङ्ग च्याम्पियन पुलिस बागमतीसँग ७ विकेटले पराजित

Headline22 hours ago

बागमतीबिरुद्ध डिफेन्डिङ्ग च्याम्पियन पुलिस १ सय ११ मै अल आउट

Headline22 hours ago

लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेडमा हेर्नै पर्ने तीन प्रमुख भिडन्त

Headline22 hours ago

लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेडमा हेर्नै पर्ने तीन प्रमुख भिडन्त

Headline1 day ago

पोचेटिनोको अनुपस्थितिमा पिएसजी लिग वानको शिर्ष स्थानमा

Headline4 weeks ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline4 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline8 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline4 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline5 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline8 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline3 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline7 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline5 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending