Connect with us

Headline

म्याच फिक्सिङ्ग काण्डदेखि बालोन डि ओरः इटाली लेजेण्ड पाओलो रोस्सीको उतारचढावपूर्ण जीवन

Published

on

पहिले डिएगो म्याराडोना, त्यसपछि अर्जेन्टिनालाई २०१४ को बिश्वकप फाइनल पुर्याउने प्रशिक्षक आलेहान्द्रो साबेला र अहिले इटालीका बिश्वकप बिजेता लेजेण्ड फुटबलर पाओलो रोस्सी । बिश्वले एक महिनाको अन्तरमै फुटबलका तीन ठूला नाम गुमाएको छ ।

इटालीलाई १९८२ को बिश्वकप जिताउने रोस्सीको बुधबार राति निधन भयो । ६६ बर्षिय रोस्सी इटालीका सर्वकालीन महान फुटबलरमा गनिन्छन् ।

कस्तो थियो त रोस्सीको उतारचढावपूर्ण फुटबल करिअर ?

अशुभ शुरुवात

रोस्सीले १९७३ मा युभेन्टसबाट व्यवसायिक करिअरको डेब्यु गरे तर उनको शुरुवाती बर्षहरु चोटले बिथोलियो । उनलाई घुँडामा तीन वटा अपरेशन गर्नु परेको थियो । कोमोमा एक सिजन बिताएपछि दोश्रो डिभिजनको टोली भिसेन्जामा १९७६–७७ को सिजनमा उनी राइट विङ्गबाट सेन्टर फर्वार्डको रुपमा खेल्न थाले । यो यति फलदायी रह्यो की रोस्सी त्यो सिजनको सिरी बी को सर्वाधिक स्कोरर बन्दै क्लबलाई माथिल्लो श्रेणीमा पुर्याउन सफल भए ।

अर्को सिजन उनी सिरी आ को पनि सर्वाधिक गोलकर्ता बनेपछि प्रशिक्षक एन्जो बेर्जोटले उनलाई इटालीको १९७८ बिश्वकप टोलीमा समावेश गरे । अर्जेन्टिनामा सम्पन्न बिश्वकप रोस्सीका लागि राम्रो रह्यो । उनले प्रतियोगितामा तीन गोल गरे भने इटाली चौथो भयो ।

टोटोनेरो काण्ड

बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि रोस्सीलाई फेरि चोटको समस्याले सतायो । अर्को सिजन भिसेन्जो रेलिगेट भएपछि क्लबले उनका स्टार खेलाडीलाई अर्को सिरी आ टोली पेरुजियामा लोनमा पठायो । पेरुजीया बसाई उनको करिअरको लागि अभिशाप बन्न पुग्यो र यसको कारण थियो उनी टोटोनेरो म्याच फिक्सिङ्ग काण्डमा मुछिनु । उनलाई शुरुवातमा तीन बर्षको प्रतिबन्ध लगायो तर लगातार आफू निर्दोष रहेको दाबी गर्दै आउदा त्यसलाई दुई बर्षमा झारियो ।

प्रतिबन्धित रोस्सीले १९८० को युरो कप गुमाउन पुग्दा इटाली चौथो भएको थियो । तर अर्को सिजनको अन्त्यमा उनलाई युभेन्टसले फेरि क्लबमा भित्र्यायो र १९८१–८२ सिजनको सिरी आ उपाधि बिजेता टोलीको उनी हिस्सा बने भने १९८२ को बिश्वप टोलीमा पनि उनी छनोट भए ।

बिश्वकप उन्माद

आफ्नो लयमा नरहदा रोस्सी र इटालीले १९८२ को बिश्वकपमा निकै सुस्त शुरुवात गर्दै समुह चरणमा लगातार तीन बराबरी खेल्यो । अन्तिम १६ मा अर्जेन्टिनालाई २–१ ले पराजित गरे लगत्तै रोस्सीका लागि उनको करिअरकै सबैभन्दा सम्झनलायक तीन खेल आए । क्वार्टर–फाइनलमा स्टारहरुले भरिएको ब्राजिल टोलीबिरुद्ध ३–२ को जित हात पार्दा रोस्सीले ह्याट्रिक नै गरिदिए ।

सेमिफाइनलमा पोल्याण्डलाई २–० ले पराजित गर्दा पनि इटालीको दुवै गोल रोस्सीकै नाममा थियो भने फाइनलमा वेष्ट जर्मनीलाई ३–१ ले हराउदा पहिलो गोल उनले नै गरेका थिए । ३० दशकपछि पहिलो र इटालीको फुटबल इतिहासको तेश्रो बिश्वकक रोस्सीकै नाममा रह्यो । प्रतियोगितामा ६ गोल गरेका रोस्सीले गोल्डेन बुट, उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल र बर्षको बालोन डि ओर पनि जिते ।

हेजेल त्रासदी

बिश्वकपछि रोस्सीले मिचेल प्लाटिनी र बिग्निउ बोनिएकसँग साझेदारी गर्दै युभेन्टसमा अर्को उत्कृष्ट सिजन बिताए । यी तीन खेलाडी चम्किएपछि युभेन्टसले १९८३ को कोपा इटालिया, १९८३–८४ सिजनको इटालियन सिरी आ, युएफा विनर्स कप र १९८४ को युएफा सुपर कप जित्यो । रोस्सीले नै ६ गोल गर्दा युभेन्टस १९८३ को युरोपियन कपको फाइनल पुग्यो तर उपाधिका लागि भएको खेलमा उ जर्मन टोली ह्यामबर्गसँग हार्न पुग्यो ।

रोस्सीको युभेन्टसका लागि अन्तिम खेल भने फुटबल इतिहासकै त्रासदीपूर्ण घटनाले अमिलो बनायो । बेल्जियमको हेजेल रँगशालामा सम्पन्न १९८५ युरोपियन कप फाइनलमा लिभरपुलबिरुद्ध भिडिरहदा दर्शकहरुको तछाड–मछाडले वाल भत्किदा भागदौड मच्चिएपछि ३९ समर्थकहरुले आफ्नो ज्यान गुमाएका थिए । युभेन्टसले १–० ले फाइनल जित्दै पहिलो पटक युरोपियन कपको उपाधि जितेको थियो । रोस्सीले त्यसपछि एक–एक सिजन एसि मिलान र हेलास भेरोनामा बिताउदै १९८७ मा फुटबलबाट सन्यास लिए ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!